स्वतन्त्र उम्मेदवार बालेन शाह काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका छन्।
मतगणना नसकिँदै शाह काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका हुन्।
काठमाडौंमा अब १९ हजार ३२३ मत गणना गर्न बाँकी छ। तर, उनको अग्रता २० हजार ३७६ छ।
बालेनले ५५,७४७ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसकी र्सिजना सिंह २० हजार ३७६ मतले पछि छन्। उनले ३५ हजार ३७१ मत ल्याएकी छन्।
काठमाडौं महानगर मतगणना अपडेट
खसेको मतः १,९१,०५१
हालसम्म गणनाः १,७१,८०२
गणना गर्न बाँकी मतः १९,३२३
मेयर
बालेन्द्र साह (स्वतन्त्र): ५५,७४७
सिर्जना सिंह (कांग्रेस): ३५,३७१
केशव स्थापित (एमाले): ३४,६२६
सुमन सायमी (स्वतन्त्र): १०,३२२
विजय निश्चित भएपछि उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै हरेक टोलटोल र गाउँगाउँमा ‘बालेन’हरु भेटिउन् भन्ने कामना गरेका छन्।
हरेक टोलटोल र गाउँगाउँमा भेटिने ‘बालेन’हरुले केवल जनमतका आधारमा परिवर्तनको जिम्मेवारी बोक्न सकुन्, अवसर पाउन सकुन् भन्ने उनको अपेक्षा छ।