नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई ‘तपाई टाउको काट्ने मान्छे हैन? हत्याराको रुपमा जेल बसेको हैन ?’ भन्दा के हुन्छ भनेर प्रश्न प्रश्न गरेका छन्।
बिहबार ओलीले संसदमा बोल्दा शान्ति प्रक्रियाको अपमान गर्दै बोलेको भन्दै प्रचण्डले प्रश्न गरे, ‘तपाईं टाउको काट्ने मान्छे हैन? हत्याराको रुपमा जेल बसेको हैन ?’ भनेर भन्योभने के हुन्छ?
उनले लज्जास्पद अन्तर्घातका कारण एमाले कमजोर भएको हो कि सरकारका कारण भन्द्र प्रश्न गरे।
उनले आफ्नो पक्षमा निर्वाचनको नतिजा नआएपछि एमालेले सरकारमाथि धारे हात लगाएको आरोप लगाए। उनले भने, ‘आफ्नो पक्षमा निर्वाचनको नतिजा नआएपछि सरकारमाथि धारे हात लगाउने तरिका बेठिक हो।’
उनले चुनावमा धाँधली भएको भए मतदानको बेला प्रश्न किन उठाइएन भन्ने प्रश्न गरे । उनले अगाडि थपे, ‘मतदान सम्पन्नपछि मतदातालाई धन्यवाद पनि दियौं। तर, अन्तिममा धाँधली भयो भन्न मिल्छ ?’
उनले निर्वाचन सफल भएको र मतदातालाई धन्यवाद दिनुपर्ने बताए।
ओलीले संसदमा कसैको बैसाखी टेकेर हिँड्नेमा छैनौं भनेको प्रसंग उठाउँदै भने, ‘जसको सहयोगमा दुईपटक प्रधानमन्त्री हुनुभयो ? त्यो बैसाखी हो कि सहयोग ?
उनले गठबन्धन टुट्यो भने देश दुर्घटनामा जाने खतरा अझैं पनि बताए। उनले गठबन्धनलाई बलियो बनाउनुपर्नेमा जोड दिए।