सम्पर्कविहिन भएको तारा एयरको जहाज खोजीका लागि जोमसोम हेलिकप्टर पठाइएको छ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रेम नाथ ठाकुरले सम्पर्कविहिन भएको तारा एयरको जहाज खोजीका लागि हेलिकप्टर पठाइएको जानकारी दिए। हराएको जहाजको अहिले खोजी कार्य भइरहेको छ।
साथै, जहाजको खोजीका लागि चार वटै सुरक्षा निकाय परिचालन गरिएको छ।
आइतबार बिहान पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको ९ एन–एईटी ट्विनअटर जहाज सम्पर्कविहिन भएको थियो।
जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाका अनुसार जहाजमा १९ यात्रु र चालक दलका ३ सदस्य गरी २२ जना सवार थिए।
जहाज ९ बजेर ५५ मिनेटमा उडेको थियो। यहाँ १७ देखि बढीमा २० मिनेटमा जहाज पुग्छ। तर, जहाज उडेको १ घण्टा बढी समयसम्म पनि सम्पर्क हुन सकेको छैन।