आइतबार बिहानदेसखि सम्पर्कबिहीन रहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।
उक्त जहाज मुस्ताङको थासाङ गाउँपालिका–३ लार्जुङको खोंचमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले पुष्टि गरे।
उनले मुस्ताङको लार्जुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएको र मौसम खराबीका कारण हेलिकप्टर जान नसकेपछि अहिले सुरक्षाकर्मीको टोली उक्त क्षेत्रमा जाँदै गरेको बताए।
कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले पनि जहाज दुर्घटना भएको भन्ने लोकेट गरिएको र आधिकारि पुष्टी गर्न घटनास्थल पुग्नुपर्ने बताए।
आइतबार बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन–एईटी ट्विनअटर जहाज सम्पर्कबिहिन भएको थियो।
जसमा १३ नेपाली, ४ भारतीय, २ जना जर्मनी नागरिक र चालक दलमा ३ सदस्य गरी २२ जना सवार थिए।
विहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेकोजहाज केही समयपछि सम्पर्कबिहीन भएको थियो।