काठमाडौं। रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन्।
मंगलबार काठमाडौंको राष्ट्रिय सभा गृहमा एक कार्यक्रम गरेर उनले राष्ट्रिय स्वतन्त्र पार्टी घोाषणा गरेका हुन्।
उनले अहिले भएका कुनै पनि दलमा आफू प्रवेश नगर्ने घोषणा पनि गरे। लामिछानेले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अवलम्वन गर्ने बताए।
पार्टीले कुनै पनि भातृ संगठन नबनाउने र व्यापारीहरुबाट चन्दा नउठाउने घोषणा लामिछानेले गरेका छन्।
उनले आफ्नो पार्टीका धारणा सार्वजनिक गर्दै क्षमता भएका युवाहरूलाई आफ्नो पार्टीमा आवद्ध हुन पनि आह्वान गरे।
उनको पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा रहने र चुनाव चिन्ह भने घन्टी प्रस्ताव गरिएको जानकारी दिए। आजै पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने उनले बताए।