काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गरिरहेका छन्।
उनले सोमबार प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गरिरहेका छन्।
विशेष सम्बोधनको सुरुमै ओलीले मुलुकमा अब अति भएको बताए। आफू सरकारमा हुँदा तत्कालीन प्रतिपक्षी कांग्रेसका एक सांसदले भनेको कुरा स्मरण गर्दै ओलीले अहिले चाहिँ अति भएको बताए। उनले भने, ‘इनफ भन्दा बढी नै भइसकेपछि मैले यहाँ बोल्न उभिनुपर्यो। अब चाहिँ अति नै भयो।’
उनले मुलुकको अर्थतन्त्र, परराष्ट्र सम्बन्ध लगायतका विषयमा अति भएको, सत्तापक्षका नेता र मन्त्रीहरूले विभिन्न विषयमा जथाभावी बोल्दै हिँडेको, एसपीपी, अर्थमन्त्रालयमा बजेट निर्माण भइरहेका बेलाको विषयलाई लिएर संसदमा आपत्ति जनाएका छन्।
उनले एसपीपीबारे बाहिर आएको सम्झौता घातक रहेको भन्दै सत्यतथ्य सार्वजनिक गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरे।