काठमाडौं। समाजवादी केन्द्र निर्माणका लागि तत्कालीन नेकपाका ५ शीर्ष नेताहरू नेताहरु छलफलमा जुटेका छन्।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र राष्ट्रिय सभा सांसद वामदेव गौतम छलफलमा जुटेका हुन्।
उनीहरुबीच मंगलबार साँझ सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा छलफल भइरहेको छ।
उनी तत्कालीन नेकपाका सचिवालय सदस्य थिए। नेकपा विभाजन भएपछि उनीहरु हाल अलग–अलग पार्टीमा छन्। यसअघि पनि उनीहरुबीच भेटवार्ता भएको थियो।
सम्बन्धित समाचारः
तत्कालीन नेकपाका बहुमत सदस्यको भेटवार्ता
यसअघि आजै दिउँसो प्रचण्ड र जसपाबाट कारवाहीमा परेका बाबुराम भट्टराईबीच समाजवादी केन्द्र बनाउने विषयमा भेटवार्ता भएको थियो।
बैठकपछि एक दुई दिनमै छलफलमा टुंगोमा पुग्ने बताइएको थियो। प्रचण्ड र बाबुरामले आगामी निर्वाचन अगाडि नै समाजवादी केन्द्र बनाउनेबारेमा छलफल गरेको बताइएको छ।
सम्बन्धित समाचारः
समाजवादी केन्द्र बहसः प्रचण्ड–बाबुराम छलफलमा, नेपाल, खनाल र वामदेव आउँदै
यसअघि उपराष्ट्रपति नन्दबहादुर पुन निवासमा दुई चरण प्रचण्ड र भट्टराईबीच छलफल भएको थियो। त्यस बेलाको छलफल पनि सकारात्मक रहेको बताइएको थियो।
एकीकृत समाजवादीका नेताहरू पनि समाजवादी केन्द्र बनाउने कुरामा सहमत छन्।