काठमाडौं। प्रतिनिधिसभाको शुक्रबारको बैठकको कार्यसूचीबाट नेपाली नागरिकता विधेयकबाहेकका विषय हटाइएको छ।
प्रतिनिधिसभा बैठकले ‘फास्ट ट्रयाक’बाट सो विधेयक पारित गराउने उद्देश्यसहित अन्य विषय कार्यसुचीबाट हटाइएको हो।
शुक्रबारको बैठकको सम्भावित कार्यसूचीमा नागरिकता विधेयकसहित अन्य विषय पनि समेटिएको थियो। तर, बैठक बस्ने बेलामा नागरिकता विधेयकबाहेकका विषय हटाइएको हो।
अहिले नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफल चलिरहेको छ।
सरकारले प्रतिनिधिसभाबाट आज फास्ट ट्रयाकमा नागरिकता ऐन संशोधन विधेयक पारित गर्ने तयारी गरेको छ।
सम्बन्धित समाचारः
संसदबाट पारित हुँदै नागरिकता विधेयक, यी हुन् समटेका मुख्य तीन विषय