काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ।
बोर्डले बुधबार दिउँसो ४ बजे एसईईको नतिजा सार्वजनिक गरेको हो। नतिजा सार्वजनिक गर्नुअघि बोर्ड बैठक बसेको थियो।
सम्बन्धित समाचारः एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुस्
वैशाख ९ गतेदेखि भएको परीक्षामा ४ लाख ९५ हजार ७५१ जना विद्यार्थी सहभागी भएका थिए।
बोर्डका अनुसार ३.६ देखि ४ ग्रेड ल्याउनेको विद्यार्थीको संख्या ९ हजार ६३३ छ। जुन १.९४ प्रतिशत हो।
नन ग्रेड ल्याउनेको संख्या ४ दशमलव ५५ रहेको छ भने ०.८१ देखि १. २० जीपीए ल्याउनेको संख्या ० दशमलव ६६ प्रतिशत रहेको छ।
यस्तै १.२१ देखि १.६० जीपीए ल्याउनेको संख्या ९ दशमलव प्रतिशत, १.६१ जीपीएदेखि २.० जीपीए ल्यानेको संख्या २० दशमल २९ प्रतिशत, २.०१ देखि २.४० जीपीए ल्याउनेको संख्या २२ दशमलव ७४ प्रतिशत, २.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या १८ दशमलव ३१ प्रतिशत रहेको छ ।
२.८१ देखि ३.२० जीपीए ल्याउनेको संख्या १४ दशमलव १३ प्रतिशत र ३.२१ देखि ३.६० जीपीए ल्याउनेको सख्ंया १ दशमलव ४० प्रतिशत रहेको छ।