काठमाडौँ । काठमाडौं महानगरपालिकाको फोहोर आजदेखि उठेको छ । महानगरले मंगलबार एक सूचना जारी गरी फोहोर संकलन बिहीबारदेखि सुरू हुने जनाएको थियो।
विगत एक हप्तादेखि काठमाडौँको फोहोर उठ्न सकेको थिएन् ।प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले फोहोर व्यवस्थापन स्थलसम्म जाने सडक मर्मत सकिने भएकाले बिहीबार बिहानैदेखि फोहोर सङ्कलन हुने जनाएका थिए।
फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहोर व्यवस्थापन स्थल बन्चरेडाँडासम्म जाने सडक मर्मत गर्न भनी गत बिहीबारदेखि फोहोर व्यवस्थापनको काम रोकिएको थियो ।