काठमाडौं। काठमाडौं महानगरपालिकाले राहदानी विभागको अन्डरग्राउण्ड पार्किङ खाली गरेको छ।
सवारी पार्किङका लागि बनाएर अन्य प्रयोजनमा प्रयोग गर्दै आएको त्रिपुरेश्वरस्थित राहदानी विभागको अन्डरग्राउण्ड पार्किङ महानगरले शुक्रबार दिउँसो खाली गरेको हो।
त्यसका लागि मेयर बालेन शाह महानगरको टोली लिएर विभाग पुगेका थिए।
दैनिक हजारौं सेवाग्राहीको भिड लाग्ने विभागले पार्किङको सुविधा नदिँदा सेवाग्राहीले आसपासका गल्लीमा कष्टपूर्ण तरिकाले सवारी साधन राख्नुपर्ने बाध्यता रहेको थियो।
विभागले पार्किङका रुपमा प्रयोग गर्नुपर्ने अन्डरग्राउण्डलाई ‘वेटिङ रुम’का रुपमा प्रयोग गरेको थियो।