काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पुर्जी जारी गरेको हो।
कप्तान लामिछानेविरुद्ध एक नाबालिगले बलात्कार गरेको आरोप लगाउँदै बुधबार प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन्।
त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो। अदालतले लामिछानेलाई पक्राउ अनुमति दिएको हो। अब प्रहरीले उनलाई कुनै पनि बेला पक्राउ गर्न सक्छ।
हाल सन्दीप क्यारिबीअन लिग खेल्नका लागि जमैकामा छन्।
हेर्नुस्, जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको सूचनाः
नेपाली राष्ट्रीय क्रिकेट टोलीको कप्तान सन्दिप लामिछाने उपर जजक कसूरमा प्रहरी बृत्त गौशालामा परेको जाहेरी दरखास्त सम्बन्धी मिति २०७९।०५। २३ गतेको अद्यावधिक:
मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसूरमा निज सन्दिप लामिछाने उपर थप अनुसन्धान गर्नका लागि सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको।
सम्बन्धित समाचारः
सन्दीप लामिछानेबारे आईसीसीको चासो
सन्दीप लामिछानेः बलात्कार आरोप, उदयमान लेग स्पीनर र करिअरमा कालो बादल