अछाम । लगातारको वर्षाले अछाममा पहिरोले घर पुरिँदा थप चार जनाको मृत्यु भएको छ । जिल्लाको कमलबजार नगरपालिकामा पहिरोले घर पुरिँदा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ ।
अविरल वर्षाका कारण बस्तीमाथि बाट पहिरो खस्दा वडा नं. ६ ठाँटी खाँदका इन्द्र कामीको परिवारका ८ जनाको शव फेला परेको छ भने ४ जना घाइते भएका छन् ।उनीहरूको विस्तृत विवरण भने प्राप्त हुन सकेको छैन ।
यस्तै पहिरोकै कारण ढकारी गाउँपालिकामा समेत १ घर पुरिएको छ । जसमा ३ जना घाइते भएका छन् भने एक जना पुरिएका छन् । उनको उद्धार भईरहको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।
यो पनि पढ्नुस् :-
अछाममा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु