पोखरा। गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।
प्रतिस्पर्धामा उत्रिएका अर्का स्वतन्त्र उमेदवार दोर्जेलामा गुरुङले आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएपछि मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उमेदवारी दिएका मनाङे निर्विरोध निर्वाचित भएका हुन्।
उमेदवारी फिर्ता लिन आज दिउँसो ३ बजेसम्मको समय रहेकोले मनाङे निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भने हुन बाँकी छ।
अब मनाङेको मात्र उम्मेदवारी कायम रहेको र प्रक्रिया पुरा गरेर आजै दिउँसो निर्विरोध निर्वाचित घोषणा गरिनेछ।
कांग्रेस र एमाले दुबैले मनाङेलाई समर्थन गर्दै उम्मेदवारी दिएका थिएनन्।