काठमाडौं। रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी बाचापत्र सार्वजनिक गरेको छ।
आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि पार्टीले बिहीबार राजधानीमा आफ्नो बाचापत्र सार्वजनिक गरेको हो।
सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले आफूले चुनावमा गरेका बाचा पूरा नगरे मतदाताले जस्तो कारबाही गरे पनि भोग्न तयार रहेको बताए।
बाचापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री हुनुपर्ने उल्लेख छ।
लामिछानेले ६२ जिल्लामा पार्टी विस्तार गरिएको जानकारी दिए।