काठमाडौं। सभापति रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी हुने भएको छ ।
उक्त पार्टीको बैठकले सभापति लामिछानेको नेतृत्वमासरकारमा सहभागी हुने निर्णय गरेको छ। तर, कुन मन्त्रालय लिने भन्ने टुंगो लागि सकेको छैन। लामिछानेको पार्टीले उपप्रधानमन्त्रीसहित गृह र भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेको छ।
आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन तेस्रो ठुलो दल रास्वपाले पनि समर्थन गरेको छ। आइतबार प्रधानमन्त्री नियुक्त प्रचण्डले सोमबार ४ बजे शपथ ग्रहण गर्दैछन्।
सो क्रममा केही मन्त्रीले शपथ लिनेछन्।
नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ।