कास्की । यति एअरलाइन्स विमान दुर्घटनामा परेकामध्ये ६८ जनाको शव फेला परेको छ । फेला परेका ६८ शवमध्ये २६ जनाको पहिचान खुलेको छ । ६३ जनाको शव पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
पोखराको सीताराम पुल नजिकै सेती खोँचमा दुर्घटना भएको विमानमा ७२ जना रहेका थिए । हराइरहेका ४ जनाको बिहानैदेखि खोजि भइरहेको छ।
पहिचान खुलेकाहरुको शव आज आफन्तलाई जिम्मा लगाइने कास्कीका प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले बताए। पहिचान खुल्ल नसकेका शवलाई काठमाण्डौ लगेर डीएनए परीक्षण गरिने उनले बताए ।
पहिचान भएकाहरुमा पोखरा ११ बस्ने ३७ वर्षीय पत्रकार त्रिभुवन पौडेल, पोखरा १३, काहुँडाँडाका २७ वर्षका निशान्त आचार्य, पोखरा १७ घर भइ अहिले बालाजु बस्ने सङ्गीता शाही, पोखरा ४ का डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवाकर, पर्वतको कुष्मा १ का १० वर्षका रियान पौडेल, पोखरा १३ मियाँपाटनका सदाकत अलिमियाँ, पोखरा ७ की लक्ष्मी पौडेल, पर्वत कुष्मा ९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल, उहाँकी ११ वर्षकी छोरी प्रसिद्धि, पर्वत मोदी १ का ३९ वर्षका विजयकुमार गुरुङ, त्यही ठाउँकी रचना काफ्ले पौडेल, पोखरा २२ का रक्की गुरुङ छन् ।
यस्तै, रुपन्देही शङ्करनगर ८ का डा. गणेश थापा, काठमाण्डौकी नतु परियार, रीता परियार, हरि परियार, पोखरा ८ की एसमिन गुरुङ, पोखराको बुद्धचोकका पूजन राना, बुटवल मुर्गिया घर भएकी एअर होस्टेज सृजना हुन्चिङ, कावासोती ६ का ३५ वर्षका मोहनप्रकाश श्रेष्ठ, पोखराको छोरेपाटनकी जीवनकला गुरुङ, कोरियन नागरिक यु क्युघुल, रसियन नागरिक जुरिज लेगिन र एलेनको पहिचान खुलेको छ ।
सम्बन्धित समाचार:-
काठमाडौंबाट पोखराका लागि उडेको जहाज दुर्घटना
पोखरामा जहाज दुर्घटनाः ७२ जनाको अवस्था अज्ञात, यस्तो छ प्रत्यक्षदर्शीको बयान
यी हुन् पोखरामा दुर्घटना भएको विमानमा सवार यात्रु (नामावलीसहित)
विमान दुर्घटनाः भोलि शोक बिदा, अन्य के–के गर्यो मन्त्रिपरिषदले निर्णय ?
यती एयरलाइन्सका भोलि हुने तय भएका सबै उडान रद्द
दुर्घटनामा परेका यात्रुका आफन्तलाई पोखराको होटल लेकालीमा नि: शुल्क वासको व्यवस्था
विमान दुर्घटनाबारे छानबिन गरी आगामी दिनमा सतर्कता अपनाउन नाट्टाको माग
पोखरा विमान दुर्घटना : पत्रकार त्रिभुवन पौडेलको निधन
विमान दुर्घटनामा तीन चिकित्सकको निधन
माघीकै दिन सेती खोँचमा बिलायो सुरक्षित मानिएको एटिआर
विमान दुर्घटना : कञ्चनपुरका आमा–छोराको निधन
बिहानैबाट पुन: थालियो विमान दुर्घटनाको उद्धारकार्य
विमान दुर्घटना : पहिचान भएका शव आज आफन्तको जिम्मा लगाइने