काठमाडौँ । नाबालिका बलत्कार गरेको अभियोगमा थुनामा रहेका कलाकार पूर्णविक्रम शाह (पल शाह)को मुद्दामा बहस सकिएको छ।फैसला केही बेरमा आउने जनाएको छ ।
तनहुँ जिल्ला अदालतमा उनको मुद्दामा अन्तिम बहस भएको हो। न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा बहस भएको हो। पीडित भनिएकी किशोरीले नै अदालतमा बयान फेरेपछि यसअघि नवलपुर जिल्ला अदालतले बलात्कार मुद्दामा शाहलाई सफाइ दिएको थियो।
पीडित होस्टाइल भएपछि नवलपुर अदालतले पललाई करणीको मुद्दामा सफाइ दिएको थियो भने बाल यौन दूरुपायोगको मुद्दामा दोषी ठहर गरी सजाय सुनाइएको थियो।
नवलपुर जिल्ला अदालतले भदौ २१ गते फैसला गरेको थियो। पलविरुद्ध ११ फागुन २०७८ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको जाहेरी परेको थियो। फागुन १५ गते आफैँ प्रहरी कार्यालय पुगेपछि उनी थुनामा पुगेका थिए।
पीडित किशोरीले आफूमाथि पलले नवलपुरको गैँडाकोटस्थित होटमा पनि बलात्कार गरेको भनेपछि नवलपुरमा पनि उनीमाथि अनुसन्धान अगाडि बढाइएको थियो। मुद्दाको थुनछेक बहसपछि दुवै जिल्ला अदालतबाट उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो।