काठमाडौं ।बालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ।
मङ्गलवार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो।
उनलाई जिल्ला अदालत नवलपुरले पनि जबरजस्ती करणीको मुद्दामा सफाइ दिएको थियो। तर, बालयौन दुरुपयोगसम्बन्धी अभियोगमा दुई वर्ष ६ महिना कैद र १० लाख क्षतिपूर्तिबापत जरिबाना तोकेको थियो । उनी हाल तनहुँ कारागारमा थिए।