काठमाडौं ।बालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ।
मङ्गलवार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो।तर, उनी तत्काल जेलबाट भने छुट्ने छैनन्।
उनलाई जिल्ला अदालत नवलपुरले पनि जबरजस्ती करणीको मुद्दामा सफाइ दिएको थियो। तर, बालयौन दुरुपयोगसम्बन्धी अभियोगमा दुई वर्ष ६ महिना कैद र १० लाख क्षतिपूर्तिबापत जरिबाना तोकेको थियो ।
जिल्ला अदालत तनहुँले सफाइ दिए पनि नवलपुर जिल्ला अदालतको फैसला भने यथावत् छ र त्यसको विरुद्धमा उनी उच्च अदालत गइसकेका छन्। उनी हाल तनहुँ कारागारमा छन्।
यो पनि पढ्नुस् :-
पल शाहको मुद्दामा बहस सकियो, केहीबेरमा फैसला आउने
तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ