काठमाडौं। हाल एफए कप फुटबल चलिरहेको छ। उक्त कपअन्र्तगत मंगलबार राति लिभरपुल र उल्भ्सबीचको खेल चलिरहेको थियो।लिभरपुल र उल्भ्सबीचको रिप्ले खेलको क्रममा ग्यारी लिन्करले बोलिरहँदा सेक्स गरेको आवाज सुनियो, उक्त खेलको बीबीसीले प्रत्यक्ष प्रसारण (लाइभ) गरिरहेको थियो।
रिप्ले खेलको क्रममा सेक्स गरेको आवाज सुनिएपछि बीबीसीले माफी मागेको छ।बीबीसीले भनेको छ, ‘साँझ फुटबलको लाइभ कभरेजको क्रममा भएको घटनामा दर्शकसँग माफी चाहन्छौं।’ साथै, बीबीसीले उक्त घटनाको छानबिन भइरहेको जनाएको छ।
बीसीसले भनेको छ, ‘ ग्यारी लिन्करले युट्युव प्र्याङ्कस्टरद्वारा प्रसारित यौन सेक्स गरेको आवाज शोको लाइभ कभरेजलाई बाधा पुयाएको क्षणमा हाँसे।’
बीबीसीले आक्रोशित भएका दर्शकहरूसँग माफी मागेको थियो। तर लिन्करले पछि सेटको पछाडि ट्याप गरिएको मोबाइल फोनको तस्विर ट्वीट गरे र भने, ‘उनले माफी माग्नुपर्ने केहि छैन भन्ने सोचेका थिए।’
यसलाई राम्रो ठट्टा भनेर सम्बोधन गर्दै उनले भने, ‘तोडफोड गर्दा यो एकदम रमाइलो थियो।’उक्त खेलमा लिभरपुलले उल्भ्सलाई १–० ले हराएर चौंथो चरणमा स्थान बनाएको छ।