काठमाडौं । आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन भएको छ। मंगलबार नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा ज्यान गएको हो।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको डा. किरण नकर्मीले जानकारी दिए। उनले आफैंलाई आगो लगाउनअघि लामो स्टाटस लेखेको भेटिएको छ। ३६ वर्षका उनी व्यवसायी पनि हुन्।
लामो स्टाटस लेखेका उनले भनेका छन्, ‘मेरो देश गर्व गर्न लायक बनोस्, विदेशिएका लाखौं युवाहरुले यही देशमा केही गर्न सकुन् भन्दै २५ माग नेपाल सरकारसमक्ष राख्दै यो शरीर सुन्दर देश नेपाल बनोस् भन्ने कामनासहित बलिदान दिँदैछु ! अल बिदा !’
उनले स्टाटसको अन्तिममा लेखेका छन्, ‘म मरे पनि मेरो देश बाँचिरहोस, अल बिदा !’
यो पनि पढ्नुस :-
संसद भवनअगाडि आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास
संसद भवनअगाडि आफैंलाई आगो लगाउने आचार्य को हुन् ? किन लगाए ? यस्तो छ कारण
आत्मदाहको प्रयास गरेका आचार्यको अवस्था गम्भिर