काठमाडौं। आफैंलाई आगो लगाएर मृत्यु भएका प्रेमप्रसाद आचार्यलाई न्याय माग्दै प्रदर्शन भएको छ।
आचार्यलाई न्याय माग्दै युवाहरुले बुधबार दिउँसो माइतीघरमा स्वस्फुर्तरूपमा प्रदर्शन गरेका हुन्।
उनीहरूले प्रेमको आत्महत्या नभएर हत्या भएको भन्दै उनले उठाएका मागहरुलाई सम्बोधन गर्न माग गरेका छन्। स्वदेशमै केही गर्ने भनेर लागेका प्रेमलाई राज्य र नीजि क्षेत्रले ‘मर्न बाध्य पारेको’ प्रदर्शनमा सहभागी युवाहरुको आरोप छ।
प्रदर्शनमा सहभागी युवाले देशमै केही गर्छु भन्नु अपराध हो सरकार र ?, गरिखान देउ, प्रेमप्रसादको आत्महत्या होइन हत्या हो जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए।
संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका आचार्यको बुधबार बिहानै कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
सम्बन्धित समाचारः
संसद भवनअगाडि आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास
संसद भवनअगाडि आफैंलाई आगो लगाउने आचार्य को हुन् ? किन लगाए ? यस्तो छ कारण
आत्मदाह प्रयास गरेका प्रेम आचार्यको निधन
आचार्यको आत्मदाहले राज्यको असफलताको भयानक संकेत गरेको छः बालेन
आचार्यको मृत्युपछि गृहमन्त्री लामिछानेले मागे माफी, लेखे यस्तो भावुक स्टाटस
...अनि तिम्रो देश खाली हुनेछ, १७ हजार शहीदलाई शासन गरेर बस्नु !