काठमाडौं। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारसँग भेट गरेका छन्।
बुधबार दिउँसो अस्पताल पुगेर गृहमन्त्री लामिछानेले आचार्यका परिवारलाई भेटेर कुराकानी गरेका हुन्।
सो क्रममा लामिछानेले मृतक आचार्यले उठाएका मागबारे छानबिन गर्ने प्रतिवद्धता जनाए। उनले आफूबाट भएका कमीकमजोरी पनि नियाल्ने र बाँकी कुरामा आफू गम्भीर भएर लाग्ने बताए।
लामिछानेले घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता कुराहरूबाट वाक्क भएर केही गर्न राजनीतिमा प्रवेश गरेको बताए।
उनले भने, ‘अहिले दुःखको बेला अहिले धेरै भन्ने पक्षमा म पनि छैन, यही कुराहरूबाट दिक्क भएर नै केही गर्नुपर्छ भनेर म राजनीतिमा आएको हुँ। नयाँ छु। समय लाग्नसक्छ। सबै चिजमा म तुरुन्त छानबिन गर्नेछु। हामीबाट भएका कमी कमजोरी पनि हामी हेर्नेछौँ। हामीले छानबिन गर्ने विषयमा छानबिन गर्नेछौँ। म गम्भीर भएर काम गर्नेछु।’
मृतककी श्रीमती नानुका आचार्यले आफ्ना छोराछोरीको भविष्य सुनिश्चित गरिदिन, शिक्षाको सुनिश्चित गर्न, आफूलाई सक्ने रोजागारी दिन र श्रीमानले लिएको आर्थिका ऋण सरकारबाट तिरिदिन आग्रह गरिन्। उनले कोहीले १५ पटक अनुदान पाउँदा आफूले भने फारम भर्नसमेत लाखौँ खर्च गर्नुपरेको बताइन्।
सामाजिक सञ्जाल फेसबुकमा आत्मवृत्तान्तसहितको सुसाइट नोट लेखेर इलाम पञ्चकन्या–६ का आचार्यले मङ्गलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। त्यसलगत्तै प्रहरीले उहाँलाई कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याएको थियो ।
आचार्यको शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलेको थियो। कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचारका क्रममा उनको बुधबार बिहान मृत्यु भएको थियो।
सम्बन्धित समाचारः
संसद भवनअगाडि आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास
संसद भवनअगाडि आफैंलाई आगो लगाउने आचार्य को हुन् ? किन लगाए ? यस्तो छ कारण
आत्मदाह प्रयास गरेका प्रेम आचार्यको निधन
आचार्यको आत्मदाहले राज्यको असफलताको भयानक संकेत गरेको छः बालेन
आचार्यको मृत्युपछि गृहमन्त्री लामिछानेले मागे माफी, लेखे यस्तो भावुक स्टाटस
...अनि तिम्रो देश खाली हुनेछ, १७ हजार शहीदलाई शासन गरेर बस्नु !
प्रेमप्रसाद आचार्यलाई न्याय माग्दै स्वस्फुर्तरूपमा प्रदर्शन