काठमाडौ । सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता अवैध भएको भन्दै उनका पदहरु खारेज गरिदिए पछि चितवन क्षेत्र नम्बर २ मा फेरि उपनिर्वाचन हुने भएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार रविको सांसद पद बदर भएको थियो । योसँगै अब चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पुनः निर्वाचन हुने भएको हो । ४ मंसिरमा भएको निर्वाचनमा रवि लामिछानेले त्यहाँबाट नै निर्वाचन जितेका थिए ।
शुक्रबार सर्वोच्चको फैसला आएसँगै रवि लामिछानेको गृहमन्त्री, उपप्रधानमन्त्री, सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद सबै खारेज भएको छ ।
सम्बन्धित समाचारः रवि लामिछानेको सांसद पद खारेज
सांसद पद खारेजपछि रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्रीको पद के हुन्छ ?
यस्तो छ रवि लामिछानेको मुद्दामा सर्वोच्चले सुनाएको फैसलाको पूर्णपाठ
रवि लामिछाने फेरि यसरी बन्न सक्छन् सांसद र मन्त्री
फैसलापछि सर्वोच्चमा रविका समर्थकको नाराबाजी