काठमाडौँ । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले रवि लामिछानेले देशमा केही त परिवर्तन होला कि भन्ने आशा जगाउने गरेको भनेर स्मरण गरेका छन् ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले आज रविको सांसद र मन्त्री पद खारेजी गरिदिएको छ। उनले अमेरिकी नागरिकता परित्याग गरेपनि नेपाली नागरिकता पूनः प्राप्तिको लागि प्रक्रिया अवलम्बन नगरेको भन्दै अनागरिक भनेको छ।
राउतले विकसित परिस्थितिबारे आफ्नो धारणा राख्दै ट्विटरमा लेखेका छन्,'प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय राजनैतिक एजेण्डा विपरीत नै किन न होस्, तर अहिलेको संसद् र सरकारमा रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो। बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो,कम ब्याक हिरो।'
सम्बन्धित समाचारः रवि लामिछानेको सांसद पद खारेज
सांसद पद खारेजपछि रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्रीको पद के हुन्छ ?
यस्तो छ रवि लामिछानेको मुद्दामा सर्वोच्चले सुनाएको फैसलाको पूर्णपाठ
रवि लामिछाने फेरि यसरी बन्न सक्छन् सांसद र मन्त्री
फैसलापछि सर्वोच्चमा रविका समर्थकको नाराबाजी
चितवन २ मा अब हुनेछ उपनिर्वाचन
अदालतको फैसलाअनुसार म अनागरिक छु : रवि लामिछाने
पदमुक्त गृहमन्त्री लामिछानेद्वारा प्रधानमन्त्रीसमक्ष राजीनामा पेश
रवि लामिछानेले छाडे सरकारी क्वार्टर
रास्वपाका पूर्वनिर्धारित सबै कार्यक्रम अनिश्चितकालका लागि स्थगित
हर्क साम्पाङ भन्छन्, ‘रवि नेपाली हुन की होइनन्, जनतालाई सोध्नुपर्छ’