काठमाडौँ। नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध परेको रिटको आज सुनुवाइ हुने भएको छ।
नाबालिग बलात्कारको आरोप लागेका लामिछानेविरुद्ध परेको मुद्दाको पहिलो सुनुवाई आज हुन लागेको हो।
पुर्पक्षका लागि प्रहरीको हिरासतमा रहेका लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेश बदर माग गर्दै महान्यायाधीवक्ता कार्यालयले सर्वोच्चमा मुद्दा दायर गरेको थियो सोही मुद्दाको आज सुनुवाइ हुने भएको हो ।
उच्च अदालतको आदेशपछि लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले गरेको निलम्बन फुकुवा गरेको छ। क्यानले उनलाई क्रिकेट मैदानमा ल्याउने तयारी गरिरहेको बेला सर्वोच्चमा पहिलो सुनुवाइ हुन लागेको हो।
लामिछानेलाई थुनामा राख्न माग गरिएको निवेदन न्यायाधीश हरि फुयालको इजलासमा परेको छ ।
लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ। उनी आजबाट लामिछाने बन्द प्रशिक्षणमा सहभागी हुनेछन्।