काठमाडौं। चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपचुनाव हुने भएको छ।
निर्वाचन आयोगको आइतवार बसेको बैठकले चितवन २ मा वैशाख १० गते उपचुनाव गर्ने निर्णय गरेको हो।
सर्वोच्च अदालतले चितवन २ बाट निर्वाचित सांसद रवि लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नेपाली नागरिकता पुनःप्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद खारेज गरेको थियो। त्यसपछि उक्त स्थानमा रिक्त बनेको थियो।
उक्त क्षेत्रबाट लामिछाने फेरि चुनाव लड्ने तयारीमा छन्। उनले आइतबार मात्रै बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई छिटो उपनिर्वाचनको मिति तोक्न आग्रह गरेका थिए।