काठमाडौँ । राष्ट्रिय क्रिकेट टीमका सदस्य सन्दीप लामिछाने आईसीसी क्रिकेट वर्ल्डकप लिग टुअन्तर्गत युएई र पीएनजीविरुद्धको सिरिजका लागि यूएई जान अनुमति माग्दै सर्वोच्च अदालत पुगेका छन् ।
उच्च अदालतले विदेश जान रोक लगाएका कारण सन्दीप यूएई जाने टीममा परेका छैनन् । सोही प्रतिबन्ध फुकुवाका लागि सन्दीपले बिहीवार सर्वोच्चमा निवेदन दिएका हुन् ।
यूएई जानका लागि अनुमति माग्दै सर्वोच्चमा निवेदन दिइएको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले पुष्टि गरे ।
यो पनि पढ्नुस् :-
यूएईमा जाने नेपाली टोली घोषणा, परेनन् सन्दीप