धनगढी । सेती प्रादेशिक अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु)को जिम्मेवारीमा डाक्टर शेरबहादुर कमरलाई नियुक्त गरिएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले सोमबार कमरलाई निमित्त मेसुको जिम्मेवारी दिएको हो ।यसअघिका मेडिकल सुपरीटेन्डेन्ट हेमराज पाण्डेलाई प्रदेश सरकारले महाकाली प्रादेशिक अस्पताल सरुवा गरेको छ ।