काठमाडौं - मगंलबार राती भएको आईपिएलको ४८ औं खेलमा मुम्बई ईन्डियन्सले पराजय व्यहोरेको छ। मुम्बईमाथि लखनउ सुपरजायन्टसले ४ विकेटको जित निकालेको हो।
मुम्बईले दिएको १ सय ४५ रनको लक्ष्य लखनउले १९ ओभर २ बलमा ६ विकेटको नोक्सानीमा पुरा गर्यो। लखनउका तर्फबाट मार्कस स्टोईनिसले सर्वाधिक ६२ रन बनाए भने कप्तान केएल राहुलले २८ रन बनाए। यसैगरी दिपक हुडाले १८ र निकोलस पुरनले १४ रन बनाए।
बलिङतर्फ मुम्बईका कप्तान हार्दिक पाण्ड्याले ४ ओभरमा २६ रन खर्चिएर २ विकेट लिए भने नुवान तुसारा, गेराल्ड कोयट्जे र महमद नाबीले १–१ विकेट लिए।
यसअघि पहिले व्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाउदै १ सय ४४ रन बनाएको थियो। निकै खराब शुरुआत गरेको मुम्बईको पारीलाई ओपनर इशन किसान, नेहाल वधिरा र महमद नाबीले सम्हालेका थिए। किशनले ३२, वधिराले ४६ र नाबीले ३५ रन बनाएपछी मुम्बईले सम्मानजनक योगफल बनाएको थियो ।
मुम्बईलाई कम योगफलमा रोक्ने क्रममा लखनउका मोहसिन खानले २ विकेट लिएका थिए भने मार्कस स्टोइनिस, नविन उल हक, मयन्क यादव र रवि विश्नोईले १–१ विकेट लिएका थिए। लखनउका स्टोईनिस प्लेयर अफ दि म्याच घोषित भए।