१. डायबिटिज नियन्त्रण
अदुवापानीको नियमित सेवनले रगतमा सुगरको लेभल नियन्त्रण गर्छ । जसले डायबिटिज नियन्त्रणमा सहयोग गर्छ ।
२. छालाको स्वस्थता
अदुवापानी नियमित सेवन गर्नाले शरीरको विषाक्त पर्दार्थ बाहिर निस्कासन गर्छ । जसले गर्दा शरीरको रगत सफा हुन्छ । रगत र छालालाई इन्फेक्सन हुनबाट जोगाउँछ ।
३. शरीरको प्रतिरक्षा क्षमतामा बृद्धि
अदुवापानीको नियमित सेवनले शारीरिक रुपमा निक्कै फाइदा पुराउँछ । यसले विभिन्न रोगको खतरा टार्छ । जसले गर्दा शरीरको प्रतिरक्षा क्षमतामा पनि बृद्धि हुन्छ ।
४. कफको समस्या चट
अदुवापानीमा पाइने एन्टी ब्याक्टेरिया तत्वले खोकी तथा कफको समस्या निको पार्छ ।
५. तौल घटाउन
अदुवापानीको नियमित सेवन गर्नाले शरीरको तौल घट्छ । अदुवापानीको सेवनले शरीरको मेटाबोलिजम सुधार हुन्छ । जसले बोसो छिटो पगाल्छ र तौल घट्न मद्दत गर्छ ।