महाराष्ट्र – भारतको मुम्बई नजिकै रहेको लोनावला पिकनिकको लागि गर्मी बिदामा गएका परिवारको लागि दुःखद घटना बन्यो।
लगातारको वर्षाका कारण, लोनावलास्थित एक झरनामा पानीको ठूलो भेल आयो, जसले गर्दा त्यहाँ नुहाइरहेका केही मानिसहरू फसे।
भारी वर्षाको कारण भूसी बाँधको पछाडि रहेको पहाडबाट आएको ठूलो पानी र माटोले झरनाको पानीको बहावलाई खतरनाक बनायो। यस घटनामा एक परिवारका सात सदस्य फसेका थिए। समयमै केही मानिसहरू किनारामा आउन सफल भए, तर बाँकी सदस्यहरूको लागि यो एक भयावह स्थिति बन्यो।
परिवारका ५ सदस्य एकअर्कालाई समातेर उभिएका थिए, तर ती सबै पानीको बहावमा बग्न पुगे। घटनास्थलमा उपस्थित अन्य मानिसहरूको प्रयास असफल रह्यो, जसले गर्दा उक्त परिवारका पाँचै सदस्यको मृत्यु भयो। यो दर्दनाक घटना क्यामेरामा कैद भएको छ, जसले सबैलाई झस्काएको छ।
बचाव प्रयास र मृत्यु
स्थानिय पंकज देशमुखले भने, “हामीले दुर्घटनाको जानकारी पाउनासाथै लोनावला पुलिस, प्रशासनका अधिकारीहरू र बचाउ दलहका टोलीहरू घटनास्थलमा पठायौं। उद्धार कार्य तुरुन्त सुरु गरियो, तर पानीमा बग्नेहरूको शव मात्र फेला पार्न सकियो।”
मृतकहरूमा ४० वर्षकी महिला र दुई बच्चाहरू छन्। महिला र दुई बच्चाहरूको शव भेटिएको छ भने अन्य दुई जनाको खोजी जारी छ। पाँचै जना एउटै परिवारका हुन्, जो मुम्बईबाट पिकनिक मनाउन लोनावला आएका थिए।
दुर्घटनाको कारण
झरनाको पानीमा नुहाउँदा खुट्टा चिप्लेर उक्त दुर्घटना भएको थियो। किनारामा उभिएका मानिसहरूले डोरी र ट्रेकिङ गियर्सको सहायताले बचाउने प्रयास गरे, तर ती प्रयास असफल भए।
पानीको बहावमा फसेका मानिसहरू एक ढुंगा समातेर आफूलाई बचाउन प्रयास गर्दै थिए, तर अन्ततः उनीहरू पानीको बहावमा बग्न पुगे।
हेर्नुहोस भिडियो