शैक्षिक परामर्शदाता एवम् भाषा शिक्षण गराउदै आएकाहरु नविकरणको चरणमा छन्।
शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले लामो समयपछी शैक्षिक परामर्शदाता अर्थात एजुकेशनल कन्सलटेन्सी एवम् भाषा शिक्षण गराउदै आएकाहरुको नविकरणको गर्ने निर्णय गरेर सुचना प्रकाशित भएपछी लामो समयदेखी नविकरण गर्न नपाएक व्यवसायीहरुले नविकरणको पकृया शुरु गरेका हुन्।
मन्त्रालयले नविकरण बन्द गर्दा लामो समयदेखी व्यवसायीहरुले विविध समस्याको सामना गर्नुपरिरहेको थियो।
यस्तो छ नविकरणको प्रकृया
१. मन्त्रालयको सुचनामा दिइएको गुगल लिंकमा गएर यहि श्रावण ५ गतेभित्र फारम भर्ने ।
२. मन्त्रालयले श्रावण ६ देखी १२ गतेसम्म फारमहरुको प्रमाणीकरण गर्नेछ ।
३. प्रमाणिकरणपछि, निर्देशनको अनुसूची ३ अनुसार आवेदन र कागजातहरू स्क्यान गरेर २०८१ साल श्रावण २७ गतेसम्म अपलोड गर्नुहोस्। सबै कागजातहरू अद्यावधिक रहेको सुनिश्चित गर्नुहोस्। यसको सम्पूर्ण जानकारी प्रदान गरिएको इमेल मार्फत गराईनेछ।
४. निरीक्षणका लागि अनलाईनमा दाखिल गरिएका सम्पुर्णका कागजातहरु प्रिन्ट गरेर तयार राख्नुहोस।
५. नविकरणका लागि बाँकी रहेका सम्पुर्ण शुल्कहरु बुझाएर त्यसको भौचर अनलाईनमा दाखिल गर्नुहोस र सक्कल भौचर फाइल गरेर राख्नुहोस।
(रकम दाखिला गर्ने कार्यालयः शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, कार्यालयको कोडः ३५०००३५०१, खाता नम्बर ००१००१०६२०००००, राजश्व शिर्षक नम्बरः १४२२९)