दाङ - दाङको तुलसीपुरबाट पनि बिग एजुकेशन काठमाडौंले सेवा दिने भएको छ।
बिहिबार बिगका सिईओ सुरज केसीको उपस्थितीमा तुलसीपुर शाखाको उद्घाटन भएसँगै बिगको शाखा संस्या ५ पुगेको छ।
बैदेशिक अध्ययनप्रतिको आकर्षण बढ्दो क्रममा रहेकाले विद्यार्थीहरुको सहि मार्गदर्शनका लागि तुलसीपुरमा शाखा खोलिएको सिईओ केसीले जिकीर गरे। ‘‘विदेश पढ्न जानेहरुको संस्या उल्लेख्य रुपमा बढेको छ,’’ उनी भन्छन्, ‘‘सहि परामर्शको अभावमा विद्यार्थी एवम् अभिभावकहरुले सास्ती खेप्नुपरेका हामीले देखेका छौ। हामी त्यहि समस्याको समाधान चाहन्छौ।’’
सिईओ केसीका अनुसार विग एजुकेशन विद्यार्थीको भर्ना मात्रमा केन्द्रित रहने छैन। ‘‘विद्यार्थीको भर्नाभन्दा पनि उनीहरुको भविष्य हेरेर हामी परामर्श दिन्छौ,’’ उनले थपे, ‘‘त्यसै कारण अहिले हामीले हाम्रो सेवा लिने विद्यार्थी र अभिभावकहरुको मन जित्न सफल भएका छौ।’’
विग एजुकेशनले जापान, कोरीया, अमेरीका, बेलायत, न्युजिल्यान्ड, अष्ट्रेलिया तथा युरोपका विभिन्न देशहरुमा अध्ययनका लागि विद्यार्थीहरुको भर्ना प्रकृयामा सहजीकरण गर्दै आएको शाखा प्रमुख निशा पौडेलले जानकारी दिइन। अध्ययनका लागि बाहिर पठाउने क्रममा छात्रवृत्ति समेत उपलव्ध गराईदै आएको उनले बताइन। विदेशमा अध्ययन गरेर नेपालमै फर्किने वातावरण निर्माणका लागि बिग एजुकेशनको भूमिका प्रमुख हुने उनले बताइन।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसी र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष वर्षात भण्डारीले संयूक्त रुपमा रिवन काटेर शाखाको उद्घाटन गरेका हुन।
त्यसक्रमा वडाध्यक्ष भण्डारीले विद्यार्थीहरुलाई सहि परामर्श दिन सुझाव दिदै पुरा जानकारी नलिई बाहिर पढ्न जाँदा अनेकन समस्या आउने उल्लेख गर्दै विद्यार्थीहरुलाई सत्यतथ्यमुलक जानकारी उपलव्ध गराउनुपर्नेमा जोड दिए। साथै उनले आफ्नो वडामा परामर्श व्यवसाय शुरु भएकोमा खुशी समेत व्यक्त गरे।
कार्यक्रममा विग एजुकेशन तुलसीपुरका प्रबन्ध निर्देशक ललित पान्डेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजिकरण शाखा प्रमुख निशा पौडेलले गरेकी थिइन।
काठमान्डौको बानेश्वरमा मुख्य कार्यालय रहेको विग एजुकेशनले दाङसँगै पोखरा, कञ्चनपुर र नुवाकोटमा पनि शाखा रहेको छ।