छत्तीसगढ – फेसबुकबाट सुरु भएको मित्रताले भारतमा एउटा क्रुर अपराध निम्त्याएको छ।
एक यूवतीले फेसबुकमार्फत प्रेमी बनेका एक यूवकलाई साउदी अरेबियाबाट भारत बोलाएर हत्या गरेकी छन्। यूवकको हत्या घाँटी रेटेर गरिएको बताइएको छ। यतिमात्र होइन, शवलाई १७ टुक्रा पोका पारेर बाँधमा फालिएको अवस्थामा यूवकको शव फेला परेको छ।
यो घटना भारतछत्तीसगढको कोरबा जिल्लामा भएको हो। पाली थाना अन्तर्गत पर्ने चौतमा चौकी प्रहरीले यस मामिलाको अनुसन्धान गरिरहेको छ।गोपालपुर बाँधमा स्कूलको झोला र बोरामा युवकको शवका टुक्रा फेला परेका छन्।
यो जघन्य अपराध एक नाबालिग केटीले आफ्नो लिभ–इन पार्टनरसँग मिलेर गरेको बताइएको छ। मृतकको पहिचान झारखण्डका मोहम्मद वसीम अंसारी (२६ वर्ष) को रूपमा भएको छ। वसीम विगत अढाई वर्षदेखि साउदी अरेबियामा काम गर्दै आएका थिए। प्रहरीले केटी र उनको लिभ–इन पार्टनर रजा खानलाई पक्राउ गरेको छ।
षडयन्त्रपुर्वक अपराधको योजना
कोरबाका एसपी सिद्धार्थ तिवारीले बताएअनुसार, आरोपीहरूलाई ओडिशाबाट पक्राउ गरिएको हो। त्यहाँ उनीहरू लुकेर बसेका थिए। अनुसन्धानका क्रममा आरोपीहरूले आफ्नो अपराध स्वीकारेका छन्।
उनीहरुबाट मृतकको सिक्रि, मोबाइल र ३ लाख रुपैयाँ बरामद भएको छ। आरोपीहरूले बताएअनुसार, साजिसअन्तर्गत उनीहरूले अनलाइन अर्डर गरेर कुखुरा काट्ने चक्कु मगाएका थिए। मोहम्मद वसीम अंसारीलाई साउदी अरेबियाबाट बिलासपुर बोलाएका थिए।
दिनभर घुमेपछि केटीले भाडाको बोलेरोमा वसीमलाई लिएर घर आएकी थिइन्। त्यहाँ उनको प्रेमी रजाक खान पहिले नै उपस्थित थिए। दुवैले वसीमलाई कुटपिट गरे र उनको सिक्री र मोबाइल खोसे।
मोबाइलको पासवर्ड पत्ता लगाएर ३ लाख रुपैयाँ आफ्नो खातामा ट्रान्सफर गरे। घाँटी रेटेर वसीमलाई मारे र शवका टुक्रा गरेर बाँधमा फाले। त्यसपछि दुवै ओडिशा भागे।
मृतक र हत्याराविच चार वर्षदेखिको मित्रता
प्रहरीका अनुसार, १६ वर्षीया यूवतीको मित्रता फेसबुकमा झारखंडका वसीम अंसारीसँग भएको थियो। दुवै पहिले मित्र बने र पछि मित्रता प्रेममा परिणत भयो। दुवै विगत चार वर्षदेखि मित्र थिए।
वसीम अढाई वर्षअघि साउदी अरेबिया गएका थिए र त्यहाँबाट प्रेमिकाका लागि उपहार पठाउन थालेका थिए। काम गरेर वसीमले त्यहाँ पैसा कमाए र यही पैसा लुट्नका लागि केटीले उनलाई हत्या गरिन्। यो घटना ९ जुलाई रातीको समयमा भएको थियो।
११ जुलाईमा प्रहरीले शवका टुक्रा बरामद गर्यो। मामिला पत्ता लगाउँदै प्रहरीले हत्या आरोपीसम्म पुग्न सफल भयो।