काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बुद्धको जन्मथलो मात्र नभएर बुद्ध दर्शनको थालनि भएको देश भएको बताएका छन्।
डा.अजयक्रान्ति शाक्यले लेखेको पुस्तक ‘बुद्धका मौलिक दर्शन’ विमोचन गर्दै प्रधानमन्त्री ओलीले नेपाल बुद्ध दर्शनको थालनि भएको देश रहेको दावी गरेका हुन्। प्रधानमन्त्री ओलीले नेपालमा बुद्ध दर्शनलाई कमजोर हुन नदिने पनि बताए।
बुद्ध दर्शनको एउटा पाटो दान संस्कृतिलाई ओलीले आफ्नै जीवनसँग तुलना गरेका थिए। दान ठूलो कुरा भएको भन्दै प्रधानमन्त्री ओलीले आफूले मिर्गौला दान नपाएको भए अहिले १७औं पुन्यतिथि हुने बताए।