बसले किचेर १ बर्षीय नावालकको मृत्यु
१.मोरङको बेलवारी नगरपालिका ५ मा स्कुल बसले किचेर १ बर्षीय नावालकको मृत्यु भएको छ। बुधबार बिहान सवा ९ बजेको समयमा बेलवारी नगरपालिका ५ रामपुरस्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १ क ३०४६ नम्बरको कसेनी बोर्डिङ स्कुलको बसले किच्दा स्थानीय प्रमोद साहको १ बर्षीय छोरा यस राज साहको मृत्यु भएको हो।
पदक विजेतालाई प्रधानमन्त्रीको ‘सरप्राइज’ रकमको घोषणा

२.१३ औं दक्षिण एसियाली खेलकुद ९साग० प्रतिगोगितामा विजयी खेलाडीलाई प्रधानमन्त्री केपी ओलीले ‘सरप्राइज’ रकमको घोषणा गरेका छन्।ओलीले साग प्रतियोगितामा दुईभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई जनही ११ लाख, एउटा मात्र स्वर्ण जित्नेलाई ९ लाख, रजत विजेता खेलाडीलाई ६ लाख र कास्य जित्ने खेलाडीलाई तीन लाख रुपैयाँ सरकारको तर्फबाट दिने घोषणा गरेका हुन्।
सप्तरीमा घुससहित सुब्वा(नासु) पक्राउ
३.सप्तरीको राजविराजस्थित तैतरीगाछीबाट घुससहित सुब्वा(नासु) पक्राउ परेका छन्। अख्तियारको टोलीले मङ्गलबार साँझ उनलाई प्रहरीले सेवाग्राहीसँग घुस लिँदै गर्दाको अबस्थाबाट पक्राउ गरेको हो।
मैत्रीपुर्ण खेलमा जापान यु–२३ सँग प्रतिस्पर्धा गर्दै
४.१३ औं दक्षिण एसियाली खेलकुद९साग० अन्तर्गत पुरुष फुटबलको स्वर्ण विजेता नेपालले मैत्रीपुर्ण खेलमा जापान यु–२३ सँग प्रतिस्पर्धा गर्ने भएको छ। १३ औं सागको फाइनलमा मंगलबार भुटानलाई २–१ गोलले स्तब्ध पार्दै साग पुरुष फुटबलमा चौथो पटक स्वर्ण हात पारेको नेपाल र जापान यु–२३ बीचको खेल यही शुक्रबार दशरथ रंगशालामा हुनेछ।
अवैध नेपाली रुपैयाँसहित २ जना पक्राउ

५.बाँकेमा प्रहरीले अवैध नेपाली रुपैयाँसहित २ जना पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका २ घरबारी टोलबाट १३ लाख अवैध नेपाली रुपैयाँसहित सौरभ सोनी र विनोदकुमार सोनीलाई पक्राउ गरिएको हो।
पीपीएलको खेल तालिका सार्वजनिक
६.मंसिर २८ बाट शुरु हुन दोस्रो संस्करणको पोखरा प्रिमियर लिग ९पीपीएल० को खेल तालिका सार्वजनिक भएको छ।उक्त तालिकाअनुसार मंसिर २८ गते उद्धघाटन खेलमा राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लको काठमाडौं गोल्डेन्स र शरद भेषावकर कप्तान रहेको पोखरा पल्टन भिड्नेछन्।