१. ‘लकडाउन’मा क्राउडेड काठमाडौंको जिल्ला प्रशासन
लकडाउनको दोस्रो दिन बुधबार काठमाडौं सुनशान देखिन्छ। सडकमा अत्यावस्यक बाहेक अन्य सवारी साधन खासै चलेका छैनन्। फाट्टफुट्ट मोटरसाइकलहरु देखिन्छन्।
२. पाकिस्तानमा आन्तरिक हवाई उडान बन्द
प्राणघातक कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या एक हजार भन्दा बढी भएपछि पाकिस्तान सरकारले सबै आन्तरिक यात्रुबाहक हवाई उडान स्थगन गरेको छ।
३. सबैभन्दा शक्तिशाली मुलुक कोरोना भाइरसको चपेटामा कसरी आयो ?
चम्किला सडक, बहुतले भवन र यहाँको वैभवले विश्वलाई सहर कस्तो हुन्छ र कस्तो देखिन्छ भन्ने शिक्षा दिन्छ। भनिन्छ, यो सहरको तीव्रता कहिल्यै कम हुँदैन। २४ घण्टा, सातै दिन घण्टाघरमा राखिएको घडी अनवरत रुपमा चलिरहन्छ। तर कोरोना भाइरसले यो शहरको तीव्रतालाई रोकिदिएको छ।
४.कोरोना संक्रमित युवतीसँग नेपाल आएका अन्य यात्रुको खोजी सुरु
फ्रान्सको पेरिसबाट कतारको दोहा हुँदै काठमाडौँ आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएपछि उनीसंगै आएका चारजना सँगै अन्य यात्रुको खोजी सुरु भएको छ। चैत ४ मा कतार एयरको फ्लाइट नम्बर क्यूआर ६५२ विमानमामार्फत नेपाल आएका १०५ यात्रुको खोजी सुरु भएको हो।
५. भारतमा बढ्दै छ कोरोना भाइरस, १० जनाको मृत्यु
विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसबाट हालसम्म भारतमा १० व्यक्तिको मृत्यु भएको छ। भने बुधबारसम्म ५१२ जना सङ्क्रमित भएका छन्। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार सो जानकारी दिएको छ। सङ्क्रमितमा ४० जना भने उपचारपछि घर फर्किएका पनि सो मन्त्रालयले जानकारी दिएको छ।
६.सर्वोच्चलगायत देशभरका अदालतमा अत्यावश्यक परे मात्रै इजलास बस्ने
विश्वप्यापी रुपमा फैलिएको कारोना भाइरस ९कोभिड १९०को संक्रमणको जोखिम कम गर्न नेपालमा लकडाउन भए पश्चात देशभरका अदालतमा अत्यावश्यक परे मात्र इजलास बस्ने भएको छ। सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशहरुको आज ९बुधबार० बसेको आकस्मिक पूर्ण बैठकले सरकारले देशभर लकडाउनको घोषणा गरेको हुनाले अति आवश्यक परेको खण्डमा मात्र इजलास बस्ने निर्णय गरेको हो।
७. कन्टेनरमा लुकेर आउँदै गरेका ५२ जना नियन्त्रणमा
लकडाउनको अवज्ञा गर्दै कन्टेनरमा लुकीछिपी आउँदै गरेका ५२ जनालाई गएराति वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएको छ। चितवनको भरतपुरबाट एक महिला र एक बालकसहित ५२ जनालाई ल्याउदै गरेको ना ५ ख ९५५२ नम्बरको कन्टेनरलाई राति १२ः३० बजे वीरगञ्जको घण्टाघर चोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
८. लक डाउन उल्लंघन गर्ने तीन सय गाडी नियन्त्रणमा
कोरोना भाइरस ९कोभिड–१९० को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ३०० भन्दा बढी सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ।
९. जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा कमलामाई नगरपालिका—१ घर भई काठमाडौं सितापाइला बस्ने ३८ वर्षीय भुवन बिक रहेका छन्।
१०.कोरोना भाइरसको नयाँ केन्द्र बिन्दु अमेरिका बन्नसक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी
विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले कोरोना भाइरस ९कोभिड १९० संक्रमणको नयाँ केन्द्र बिन्दु अब संयुक्त राज्य अमेरिका बन्न सक्ने चेतावनी दिएको छ। हालसम्म अमेरिकामा कोरोना भाइरसको कारण ७ सय ८२ ले ज्यान गुमाइसकेका छन् भने ५४ हजारभन्दा बढी संक्रमित भएका छन्।