१.अब बिना काम निस्के सिधै क्वारेन्टाइन
सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गरेर बिनाकाम घरबाहिर निस्कने व्यक्तिलाई प्रहरीले सिधै क्वारेन्टाइनमा राख्ने भएको छ। प्रहरीले अत्यावश्यक कामबाहेक जथाभावी रूपमा सरकारको निर्णय उल्लंघन गरेर हिँड्नेलाई पक्राउ गरी क्वारेन्टाइनमा राख्ने नीति लिएको हो। लकडाउनलाई व्यवस्थित गर्न शुक्रबारबाट नै सो नीति सुरु गरिएको प्रहरीले बताएको छ।
२. ठप्पै भयो रेमिट्यान्स
रेमिट्यान्सको प्रमुख स्रोतका रूपमा रहेका खाडी मुलुक, अमेरिका, युरोप र भारत कोरोनाको चपेटामा परेपछि रेमिट्यान्स आप्रवाह लगभग ठप्प भएको छ। नेपाल राष्ट्र बैंकको माघसम्मको तथ्यांकलाई केलाउँदा रेमिट्यान्स आप्रवाह घटेको देखिएको छ। जब कि माघमा चीनबाहेक अन्यत्र कारोनाको प्रभाव कम थियो। गत वर्षका सात महिना ९वैशाख–कात्तिक०मा २८ दशमलव ५ प्रतिशतले बढेको रेमिट्यान्स चालू आर्थिक वर्षका सात महिनामा शुन्य दशमलव ५ प्रतिशतले घटेको हो।
३.कोरोना संक्रमणको नियन्त्रणमा खटिएका प्रहरीलाई सांसद यादवको सहयोग
प्रतिनिधी सभा सांसद प्रदीप यादवले नागरिक सुरक्षामा दिन रात खटिएका पर्सा प्रहरीलाई किटनाशक औषधि ९सेनिटाईजर गर्नै डिसइन्फेक्सन स्प्रे० सहयोग गराएका छन्। समाजवादी पार्टीबाट पर्सा क्षेत्र नं। १ बाट निर्वा्चित सांसद यादवले बिहाबार राती प्रहरीलाई आफनै निवासमा बोलाएर किटनाशक औषधि ९सेनिटाईजर गर्नै डिसइन्फेक्सन स्प्रे० किटनाशक धुलो र फिनायल सहयोग गरेका हुन्।
४.नेपालमा कोरोना संक्रमणको संख्या ५ पुग्यो
नेपालमा विश्वव्यपी रुपमा फैलिएको कोरोना भाईरस ९कोभिड १९० को पाँचौ संक्रमित फेला परेकी छिन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बेलजियमबाट आएकी २२ वर्षीय युवतीमा कारोनाको संक्रमण देखिएको हो। यसअघि शुक्रबार धनगढीमा एक जनामा भेटिएको थियो।
५.टोकियो ओलम्पिक अर्को वर्षसम्मको लागि स्थगित
आईओसीका अध्यक्ष थोमस बाख र आईओसीका टिमले एनओसीका अध्यक्ष, महाद्वीपीय राष्ट्रपति, आयोजक समितिसँग भिडियो कन्फेरेन्समार्फत वार्ता भएको छ। उनीहरुले कोरोना भाईरसको माहामारीले आएको सहभागिता, संगठन र अन्य समस्याहरुको बारेमा छलफल गरेका हुन्। यस सम्मेलनको मुख्य एजेन्डा काभिड १९ र टोकियो ओलम्पिक खेल २०२० को स्थगितको सम्बन्धमा निरन्तर आएको समस्या रहेको थियो।
६. कोरोना भाइरस कहाँकति समय बाँच्छ ?
यती बेला संसारका धेरै मुलुक कोरोना भाइरसको संक्रमण फैलन नदिन ‘लकडाउन’को स्थितिमा पुगेका छन्। नेपालमा पनि सरकारले एक साताका लागि मंगलबार देखि देशभर ‘लकडाउन’को घोषणा गरेको छ। शुरुमा चैत ११ देखि १८ गते विहान ६ बजे सम्मका लागि भनिए पनि कोरोना भाइरसको संक्रमणको विस्तार हेर्दा यो अवधि लम्बिन सक्ने अनुमान सजिलै लगाउन सकिन्छ। नयाँ प्रजातिको भाइरस भएको हुनाले हालसम्म यसविरुद्ध कुनै औषधि पत्ता लागिसकेको छैन तर विभिन्न अनुसन्धानात्मक क्लिनिकलट्रायलहरु भइरहेका छन्। त्यसैले पनि अहिलेका लागि ‘होम क्वारेन्टाइन’ अर्थात् आ आफ्नो घरभित्रै बस्नुनै कोरोना भाइरसको संक्रमण फैलन नदिने सर्वोत्तम उपाय हो।