काठमाडौं - विभिन्न अस्पतालमा उपचाररत ८ जना काेराेना संक्रमितको कन्ट्याक्ट ट्रेसिङको काम सम्पन्न भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले डब्ल्युएचओको मापदण्ड अनुसार गर्नुपर्ने संक्रमितहरूकाे कन्ट्याक्ट ट्रेसिङ सकिएको बताएका हुन्।
पर्सा - भारतबाट आउनुपर्ने कच्चा पदार्थ आयात नहुदा ७० प्रतिशत उद्योग अहिले बन्द छन्। लकडाउनले नेपाल भारत दुबैतर्फ पाउने र पठाउनुपर्ने बैकं ग्यारेन्टी तथा कच्चा पदार्थको आयात हुन नसक्दा उद्योगहरु बन्द हुने अवस्थामा पुगेका हुन्। यतीबेला उद्योगहरुले जेनतेन आवश्यकता पुर्ति गरिरहेका छन्।
काठमाडाैं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ११ प्रश्न राखेका छन्। प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रका नाममा गरेको सम्बोधनलाई लिएर सांसद थापाले बुधबार पत्रमार्फत् प्रश्न राखेका हुन्।
हुन त इटाली विश्वका राष्ट्रहरुको सुचीमा अपरिचित नाम होइन, यदि कसैका लागि अपरिचित थियो भने पनि अब रहने छैन। विश्वभर फैलीएको कोरोना भाईरस (कोभिड १९) को माहामारीबाट सबैभन्दा बढि प्रभावित राष्ट्र हो, इटाली। विश्वभरीका मानिसहरुले यतीबेला इटालीका लागि प्रार्थना गरिरहेका छन्। त्यसो त कोरोनाबाट स्पेन र अमेरिका पनि निकै आक्रान्त भएका छन्। तै पनि मानिसहरुको मृत्युको संख्या र त्रासलाई हेर्ने हो भने इटालीको स्थिति निकै भयावह छ।
कास्की - नेपालमा कोरोना भाइरस फेला परेको तेस्रो व्यक्तिसँगै गत चैत ४ गते दुबईबाट एयर अरेबिया एयरलाइन्सको उडानबाट आएका जिल्लाका तीन युवामा कोरोनाको सङ्क्रमण नभएको पुष्टि भएको छ। दुबईको सारजाहा विमानस्थलबाट उडान जी ९५३७ बाट काठमाडौँ आएका माछापुच्छ्रे गाउँपालिका–२, सार्दिखोलाका अमृत पौडेल र दीपक गुरुङ तथा वडा नं ६ धितालका गोविन्दप्रसाद अधिकारीको स्वाब परीक्षण गर्दा उनीहरुको नतिजा नेगेटिभ आएको हो।
काठमाडौं- यो शब्द सुन्नेवित्तिकै प्रायःको मानसपटलमा बन्ने दृष्य हो, भिडभाड र कोलाहल। मुख्य सडक होस वा गल्लीहरु, पुराना बजार हुन् वा आधुनिक मलहरु सबै ठाँउमा मानिसको बाक्लो उपस्थिति हुने गथ्र्यो। सार्वजनिक सवारीमा समेत ‘‘खुट्टा टेक्ने ठाउ’’ हुदैनथ्यो।
काठमाडौं - आगामी बिहिबार परेको इस्लाम धर्मालम्बीहरुको पर्व शबे बारात घरमै बसेर मनाउन मुस्लिम आयोगले अपिल गरेको छ। कोरोनाभाइरसको प्रभावका कारण यस पर्वलाई घरमा मै मनाउन आग्रह गर्दै विज्ञप्ती जारी गरेको छ।
काठमाडौं- दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गर्ने तामाङ समुदायको पर्व तेमाल जात्रा यस वर्ष प्रभावित भएको छ। कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दी (लकडाउन) का कारण सबै राजनीतिक दलका प्रतिनिधि, बौद्धनाथ क्षेत्र विकास समिति, महानगरीय प्रहरी वृत्त बौद्धलगायत सरोकार भएका निकायका अधिकारीको बैठकले जात्रा स्थगित गरिएको काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले राससलाई जानकारी दिए।
नेपालगञ्ज- बाँके राष्ट्रिय निकुञ्ज नेपालमा बाघ संरक्षणका लागि उपयुक्त थलो बन्दै गएको छ। निकुञ्जमा बाघका लागि वासस्थान, खानेपानीका साथै आवश्यक अन्य वातावरणको व्यवस्थापनका कारण बाघको सङ्ख्या बढेको हो। उक्त निकुञ्जले जनाएअनुसार सन् २०१८ को गणनामा बयस्क बाघको सङ्ख्या २१ पुगेको छ। सन् २०१३ मा यहाँ चारवटा बाघ मात्र थिए। तर निकुञ्जमा बाघलगायत अन्य वन्यजन्तु बढेसँगै राजमार्गका कारण वन्यजन्तुहरु असुरिक्षत पनि हुन पुगेका छन्।