नेपालमा ४८ घण्टायता कुनै पनि नयाँ संक्रमित भेटिएको छैन। कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३२ जनाको नमूना परीक्षण भएको छ। पीसीआर बिधिबाट प्रयोगशालामा हालसम्म ७ हजार २ सय ४० जनाको कोरोनाको परिक्षण भएको छ भने र्यापिड डाइग्नेस्टिक किट (आरडीटी) बाट हालसम्म १२ हजार १ सय ९२ जनाको कोरोनाको परिक्षण भएको छ। यी दुबै मिलाएर हालसम्म १९ हजार ४ सय ३२ जनाको परिक्षण भएको स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता विकास देवकोटाले जानकारी दिए।
झापाको भद्रपुर नगरपालिका–५ स्थित नयाँबस्तीका विपन्न परिवारलाई अहिले बिहान बेलुकाको छाक टार्न धौधौ पर्न थालेको छ। कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी घोषणा गरेपछि कामविहीन भएसँगै उनीहरुको दैनिकी अहिले कष्टकर बन्दै गएको हो। यहाँ करीब ३५ परिवारको बसोबास छ। उनीहरु सबैको आम्दानीको स्रोत ज्याला–मजदुरी हो।
महामारी रोकथामका लागि लकडाउन भन्दा उत्तम विकल्प अर्को छैन । तर यो विकल्पहिन लकडाउन मजदुरहरुको जीवनमा भने वज्रपात बनेको छ । मानिसहरु चुपचाप हप्तौं हिंडेर घर गएका छन् तर विरोधमा बोलेका छैनन् । २४ दिनको याे लकडाउनले सबैभन्दा बढि मार दैनिक ज्यालादारी गरेर जिवन गुजारा गर्नेहरुमा परेको छ । लकडाउनका बावजुद सोलुबाट कैलाली जानेहरु हुन् या मठ मन्दिर र सडक पेटीमा रात कटाइरहेकाहरु हुन्, प्राय सबै मजदुरहरु नै छन् ।
वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउन अवधिमा किसानलाई प्रोत्साहन गर्न आवश्यक भएको बताएका छन्। भिडियो कन्फेरेन्समार्फत प्रदेशका विभिन्न स्थानीय तहका प्रमुखहरुसँग छलफल गर्दै उनले कोरोनाविरुद्ध सामाजिक र व्यक्तिगत दुरी कायम गर्दै उत्पादनमा लाग्नुपर्ने बताए।
कोरोना भाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई स्थिति सहज भएपछि कसरी सञ्चालन गर्ने भन्नेबारे संघीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रीबीच छलफल भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको पहलमा बिहीबार सातै प्रदेशका सामाजिक विकास मन्त्रीसँग भएको भिडियो कन्फरेन्स्मा कक्षा ११ को नियमित भर्ना साउन–भदौ महिनामा हुँदै आएमा तत्काल एसइई परीक्षा नहुँदा आत्तिनुपर्ने स्थिति नभएको तर यसलाई कसरी व्यवस्थित सञ्चालन गर्ने भन्ने विकल्पमा तयारी गर्नुपर्ने सुझावहरु प्राप्त भएको छ।
प्रहरीले काठमाडौंको बालकुमारीबाट मान्छेसहितको ट्रकलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले शंकाको आधारमा चेकजाँच गर्दा ५ जना यात्रु बोकेको अवस्थामा ना ७ ख ६३ नम्बरको ट्रकलाई नियन्त्रण लिएको हो। ‘‘पाँच जना यात्रु रहेछन्, ३ जना चाहिँ चालक र सहचालक रहेछन्’’ महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिम ढकालले भने, ‘‘नियन्त्रणमा लिएर बालकुमारीमा नै राखेका छौँ।’’ ट्रकवालाले यात्रुहरुसँग पैसा लिएको छ वा छैन भन्ने अहिले नखुलेको उनले बताए।
चीनबाट मेडिकल सामान ल्याउन निजी कमपनी नेपाल एयरलाइन्सका दुई वटै वाइडबडी जहाज आज चीन जाँदैछन्। बिहीबार साँझ चार्टर्ड गरीएका दुबै जहाजले चीनको ग्वाङझाउका लागि उडान भर्न लागेका नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले बताइन्। खड्काका अनुसार फ्लास फ्रेट र सांग्रिला फ्रेटले गरेका चार्टड जहाजहरु आज बेलुका करिब ६ः४५ मा उड्ने छन्। र यी जहाज शुक्रबार बिहाननै काठमाडौं र्फकने तालिका रहेको छ।
चिकित्सकमाथी कुटपिट भएपछि घटनाको छानविन र कारवाहीस्वरुप महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी उमेश लम्साललाई जिम्मेवारीमुक्त गरिएको छ। सरकारद्वारा घोषित लकडाउन उल्लङ्घन गरेको भन्दै चिकित्सकहरुमाथी अभद्र व्यवहार भएको थियो। महानगरिय प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीलले बिहिवार एक विज्ञप्ती जारी गर्दै घटनाको छानविन गर्नका लागि उनीलगायत घटनामा संलग्न अन्य प्रहरीलाई समेत जिम्मेवारीमुक्त गरीएको जानकारी दिए।
‘लकडाउन’ को पहिलो साता केही शुस्त बनेको मेलम्ची खानेपानी आयोजना निर्माण कार्यले पुनः गति लिएको छ। राष्ट्रिय गौरवको सो आयोजनामा ‘लकडाउन’ को पहिलो साता कतिपय मजदूर घर फर्किका थिए भने चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आवश्यक निर्माण सामग्री ल्याउन सकेको थिएन। अहिले मजदूर आउन थाले र निर्माण सामग्रीका लागि प्रशासनले पास उपलब्ध गरेकाले निर्माणको काम अघि बढेको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इञ्जिनीयर कमलराज श्रेष्ठले बताए।
गोरखाको शहिद लखन गाउँपालिका–६ रानागाउँका ६० जना स्थानीयलाई रेबिजविरुद्धको भ्याक्सिन लगाउन शुरु गरिएको छ स्थानीयवासी खिलबहादुर थापाको कुकुरको टोकाईपछि रेबिज लागेर मृत्यु भएसँगै मृतकका परिवारसहित गाउँका अन्यलाई भ्याक्सिन लगाउन शुरु गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले जानकारी दिए। गत पुसमा कुकुरले टोकेको तर उपचारमा हेलचक्राई गरेका थापामा एक्कासी ज्वरो आउने र काम्ने समस्या देखिएपछि उपचारका लागि चैत २७ गते गोरखा अस्पताल पुर्याइएको थियो ।
बिहानको नियमित अभ्यास सकेर सञ्जिवकुमार ओझा ब्यारेक फर्के। खानपिन सकेर अनी लागे ब्यारेकतर्फ। जहाँ कोरोना भाइरसको संक्रमणको रोकथाम तथा यसबाट जोगिने उपायबारे आयोजिक प्रशिक्षण कार्यक्रममा सहभागी भए। त्यो सक्काएर उनी पुनः ब्यारेक नै फर्किए। दिउँसो उनको मोबाइलमा म्यासेज आयो। उनलाई लाग्यो कोरोना भाइरसबारेकै केही सन्देश होला। अलिकपछि सञ्जिवले म्यासेज राम्रोसँग हेरे। उनको बैंक खातामा रु छ लाख जम्मा भएको रहेछ। उनले उक्त म्यासेज पटकपटक दोहो-याइ तेह-याइ हेरे। विश्वासै लागेन पैसा आएको होला भनेर। पत्यार नलागेपछि काठमाडौंमा रहेका अरु खेलाडी साथीसित सो रकमबारे जानकारी गराए।
रोमानियाको एन्टी भाइरस सफ्टवेयर एन्ड सेक्योरिटी कम्पनी बिटडिफेन्डरको एक रिसर्चर्सले गुगल प्ले स्टोरमा १७ वटा मालिसियस एप्स (जोखिमयुक्त एप्स) पत्ता लगाएका छन्। जसले स्मार्टफोनको ब्याट्रीलाई छिटो खराब बनाउनुका साथै फोनलाई नै ड्यामेज बनाउन सक्छन्। सो अनुसन्धानको अनुसार यी एप्सका कारण पाँच लाख पचास हजार एन्ड्रोयड डिभाइस प्रभातिव भएका छन्। तीमध्ये केहि एप्सलाई त एक लाख भन्दा धेरै पटक इन्स्टल गरिएको छ। यसमध्येबाट केहि एप्सलाई गुगलको सेक्योरिटी स्क्यानरले पनि पहिचान गर्न सकेको छैन्।
एप्पलले लामो समयदेखि चर्चाको विषय बनेको आइफोन ९ बुधबार सार्वजनिक गरेको छ। कम्पनीले ल्याएकाे आइफोन ९ अहिले सम्मकै सस्तो मूल्यको आइफोन हुने बताइएसँगै यसकाे चर्चा पनि निकै बढेकाे छ।
स्मार्टफोनका लागि विभिन्न किसिमका एप्हरु प्ले स्टोरमा निशुल्क उपलब्ध हुन्छन्। यस्ता फरक फरक किसिमका एप्स आफ्नाे फोनमा इन्स्टल गर्न खासै गार्हाे पनि हुँदैन । तर सजिलै डाउनलाेड वा इन्स्टल भएका कतिपय एप्हरुले तपाईकाे फाेनलाई भने निकै गार्हाे बनाइदिन सक्छन् ।