एप्पलले आईफोन ८ को बिक्री बन्द गरेको छ। कम्पनीले नयाँ मोडेलको आईफोन लन्च गरेसँगै आफ्नो पुरानो मोडेललाई बन्द गर्ने गर्दछ । जसकारण कम्पनीले आफ्नो नयाँ आईफोन ९ अर्थात आईफोन एसई २०२० सार्वजनिक गरेसँगै आईफोन ८ को बिक्री बन्द गरेको हो ।
नयाँ आईफोन एसईको डिजाईन कम्पनीको आफ्नै आईफोन ८ सँग धेरै हदसम्म मिल्दोजुल्दो छ । हेर्दा आईफोन ८ जस्तै देखिए यसको आन्तरिक डिजाइन भने आईफोन ११ सिरिजको आधारमा डेभलभ गरिएको कम्पनीले जनाएको छ ।
आईफोन ८ मा जस्तै नयाँ आईफोनमा पनि ४.७ इन्चको एलसिडी डिस्प्ले प्रयोग भएको छ । साथै यो आईफोनमा पनि फेस अनलक नभएर फिंगरप्रिन्ट सेन्सर रहेको बताएको छ । फेस आईडी नभएको हुनाले कम्पनीले यसमा फिंगरप्रिन्ट सेन्सर समावेश गरेको छ र यसलाई पावर बटनभित्र इन्टिग्रेट गरेको छ । त्यसैले कम्पनीको नयाँ आईफोन एसईलाई आईफोन ८ को अपग्रेड भर्सन भन्न सकिन्छ ।
बुधबार सार्वजनिक भएकाे आईफोन एसई कम्पनीको अहिले सम्मकै सबैभन्दा सस्तो आइफोन हो । कम्पनीले यसको सुरुवाती मुल्य ३ सय ९९ अमेरिकी डलर तोकेको छ । जसको नेपाली मूल्य करिब ४८ हजार ८ सय ७० रुपैयाँ पर्न आउँछ । जसकारण अहिले यसको चर्चा निकै बढेको छ ।
सम्बन्धित समाचार: अहिलेसम्मकै सबैभन्दा सस्तो आईफोन सार्वजनिक, नेपालमा कति पर्ला ?