सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको अन्तरविरोधले चर्को रुप लिएको छ। पार्टीका दुवै अध्यक्षले आफ्नो गुट बलियो बनाउने कसरतमा सोमबार दिनभरी नै नेताहरुसँगको छलफल तिब्र पारेका छन्। प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले सोमबार विहान वरिष्ठ नेता माधव कुमार नेपालसँग तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ नेता झलनाथ खनालसँग छुट्टाछुट्टै छलफल गरेका छन्।
नेपालमा अब निजी प्रयोगशालाले पनि पिसिआर परीक्षण गर्न पाउने भएका छन्। तर यसका लागि मन्त्रालयबाट छुट्टै स्वीकृति लिनुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालकाे नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यस्तो जानकारी गराएका हुन्। देबकाेटाका अनुसार नेपालमा हालसम्म ५३ हजार ५ सय ३४ जनाको नमूना परीक्षण भएका छन्।
गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि तीन तहका सरकारबीच सहकार्य र समन्वय हुनुपर्ने निष्कर्ष निकालेको छ। समितिले गण्डकी प्रदेशको बजार अनुगमन टोली एवं सरोकारवालासँग आइतबार गरेको छलफलमा समितिका सभापति दीपक कोइरालाले यसको रोकथाम र नियन्त्रणका लागि तीन तहका सरकारबीच अझै बढी समन्वय आवश्यक देखिएको बताए।
“व्यक्तिगत सुरक्षा सामग्री (पिपिई)का लागि अरुले पनि हातेमालो गर्नुपर्ने भयो, राष्ट्रिय आविष्कार केन्द्रलाई निकै धौधौ पर्यो, नेपाल सरकार, निजी अस्पतालका मालिक अथवा ठूलै दाता अगाडि सर्नुपर्ने भयो, नत्र भने स्वास्थ्यकर्मीलाई ठूलो अन्याय हुन्छ”, राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख तथा म्यागासेसे पुरस्कार विजेता महावीर पुनले आफ्नो फेसबुक पेजमा लेखेका छन्।
नेपाल विद्युत प्राधिकरणसँग बीस वर्षे सम्झौता गरी बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा सञ्चालन भइरहेको त्रिवेणी साना जलविद्युत केन्द्रले नयाँ उपकरण ल्याउन नसक्दा विद्युत अनियमित हुने गरेको छ। पुराना मेशिन बिग्रन थालेपछि बिजुली नियमित नआउँदा जिल्लावासी अध्यारोमा बस्न बाध्य छन्। केन्द्रले २०६६ सालमा सम्झौता गरी विद्युत सञ्चालन गर्दै आएको छ।
शङ्खमूल बस्दै आएकी शर्मिला तामाङले घरधनीले पटकपटक ताकेता गरेपछि गत साता घर भाडा तिरिरन्। कहिले भारी बोक्ने त कहिले भाडा माझ्ने गरी आफ्नो जीविकोपार्जन गर्दै आएकी उनलाई खानै धौधौ परेको थियो। काठमाडौँको बसाइ कठिन भएपछि उनी गत साता सिन्धुली जिल्ला दुधौलीस्थित घर तीन सन्तानलाई लिएर जाने तयारी गर्दै थिइन्। घरबेटीले जानुअघि चैतको भाडा नतिरी फर्किन नदिएको उनले बताए।
दक्षिण ललितपुरको वाग्मती गाउँपालिकामा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् ।गाउँपालिका वडा नं १ कटुनबेंसीस्थित वाग्मती नदीमा सोही गाउँपालिका –१ निवासी ४८ वर्षीय कालीबहादुर थिङ मृत अवस्थामा फेला परेका हुन् ।
नेपाल पत्रकार महासङ्घले समाचार सङ्कलनका क्रममा चितनवमा प्रहरीद्वारा पत्रकारलाई गरिएको दुव्र्यवहार, पक्राउ तथा पत्रकारका सवारी साधन र सञ्चार सामग्री नियन्त्रणमा लिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।
भौगोलिक स्वरुप तथा मौसमी विविधताले नेपालको हवाई उड्डयनमा चुनौती रहे पनि यो सेवा आम सर्वसाधारणको रोजाइमा पर्छ। महँगो भाडा तिरेर भए पनि सुलभ र सहज ढङ्गले गन्तव्यमा पुग्ने जो कोहीको चाहनालाई हवाईजहाजको यात्राले सजिलै पूरा गरिदिन्छ।
कोभिड–१९ का कारण बन्दाबन्दी गरिएसँगै झापामा अत्यावश्यक खाद्यान्नको मूल्यमा वृद्धि भएको छ। चामल, दाल, तेल, चना, मटर, चिनीलगायतका अत्यावश्यक खाद्यान्नमा मूल्यवृद्धि भएको हो। बिर्तामोड–४ का किराना व्यवसायी पवन राजवंशीले चामलमा प्रतिबोरा रू १०० देखि रू २०० सम्म मूल्य बढेको बताएका छन्।
कञ्चनपुरमा एक हजार ७०८ जनाको र्यापिड डाइग्नोष्टिक टेष्ट–आरडिटी विधिबाट कोरोना भाइरस– कोभिड–१९ परीक्षण गरिएको छ। गत चैत २७ गतेदेखि शुरु गरिएको र्यापिड टेष्टमा दुईजना बाहेक सबैको नतिजा नेगेटिभ आएको छ।पोजेटिभ नतिजा आएका दुईजनाको स्वाब सङ्कलन गरी पिसिआर विधिबाट परीक्षण गर्दा उनीहरुको नजिता पनि नेगेटिभ आएको छ।