सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बस्ने भएको छ।प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएलगत्तै सचिवालय बैठक भोलि साँझ ५ बजेको लागि बोलाइएको हो।
नेपालमा थप दुईजनामा कोरोभाइरस संक्रमण भएको पुष्टि भएको छ। रौतहटका दुई जना पुरुषहरुमा संक्रमण देखिएसँगै नेपालमा संक्रमितहरुको संख्या ५४ पुगेको छ। संक्रमितमध्ये एकजना रौतहवटको वृन्दावन नगरपालिका ९ भुसहाका हुन भने अर्का व्यक्ति देवाही गोनाही नगरपालिका १ का बासिन्दा हुन्।
भरतपुरमा रहेको कोरोना विशेष अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार छापा मारेको छ । कर्मचारीहरुले नै त्यहाँका सामग्रि चोरी गरेको सिसि टीभी फुटेज सार्वजनिक भएपछि अख्तियारको हेटौंडाबाट गएको टोलीले अस्पतालमा छापा मारेको हो । अस्पतालमा रहेका सामग्रिहरु चोरी भएको सिसि टीभी फुटेज संचारमाध्यममार्फत सार्वजनिक भएको थियो ।
सांसद डा.सुरेन्द्र यादवको अपहरणको विषयमा जिल्ला सरकारी वकिलको कार्यालयले जनता समाजवादी पार्टीका नेताहरुको उजुरी दर्ता गर्न अस्वीकार गरेको छ। यसअघि महानगरीय प्रहरी परिसर टेकुले दर्ता गर्न नमानेपछि जनता समाजवादी पार्टीका नेताहरु उजुरी दिन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ पुगेका हुन्।
कोरोना भाइरसको आशंकामा हालसम्म ५४ हजार ८ सय २६ जनाको नमुना परीक्षण भएकाे छ। तिमध्ये १० हजार ८ सय ७ को पिसीआर प्रविधिबाट र ४४ हजार १९ जनाको आरडिटीबाट परिएक्षण भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा अनुसार हाल प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका अध्यक्षद्धयबिच छलफल जारी छ। उनीहरुले मंगलबार बस्ने भनिएको सचिवालय बैठकको बिषय कुराकानी गर्ने जनाइएको छ।
कोरियाको भिसा लागेर जान नपाएका र बिदामा नेपाल आएर यतै अड्केकाहरुलाई बोकेर नेपाल एयरलाइन्सको चार्टर्ड विमान कोरिया उड्ने भएको छ। वैशाख १८ गते नेपाल एयरलाइन्सको वाइडबडी जहाज कोरियाको राजधानी सियोल जान लागेको हो। गैरआवासीय नेपाली संघ कोरियाको चार्टर्डमा यो जहाज कोरिया जान लागेको नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।
यहाँस्थित नेपाली राजदूतवासले बेलायती सरकारलाई पत्र पठाइ बेलायतमा रहेका नेपाली समुदायमा कोरोना भाइरसले पारेको प्रभावबारे अवगत गराएको छ। यहाँको रक्षा मन्त्रालय, गोरखा वेलफेयर ट्रष्टलगायतका निकायबाट बेलायतमा रहेका नेपालीमध्ये कोरोना सङ्क्रमणका कारण वृद्धवृद्धा एवं भूतपूर्व गोरखा सैनिक र उनीहरूको परिवारका सदस्य बढी प्रभावित भएको र मृत्युदर पनि उच्च रहेको देखिएको उल्लेख गर्दै पत्रमा उनीहरूमा भाषागत समस्या तथा अस्पताल र अत्यावश्यक सामग्रीको पहुँचलगायत अन्य विविध समस्या रहेकाले यथाशक्य चाँडो आवश्यक सहयोगका लागि आग्रह गरिएको छ।
कोभिड–१९ बाट सिर्जित अवस्था र नेकपाभित्र आन्तरिक बिवादले सङ्घीय ससंद्–प्रतिनिधिसभा र राष्ट्रियसभाको छैटौँ अधिवेशन आह्वान पर धकेलिएको छ। नेपाल सरकारका अर्थमन्त्रीले हरेक आर्थिक वर्षका लागि राजश्व र व्ययको अनुमान–बजेट प्रत्येक वर्ष जेठ महिनाको १५ गते सङ्घीय संसद्मा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ। नेकपा संसदीय दलका मुख्य सचेतक देवप्रसाद गुरुङले बजेटसम्बन्धी संवैधानिक व्यवस्था र प्रि–बजेट छलफलको तालिकाअनुसार अधिवेशन आह्वान गर्ने समय भइसकेको जानकारी दिएका छन्।
बच्चाको झै–झगडालाई लिएर कुटाकुटा हुँदा सर्लाहीमा एक महिलाको मृत्यु भएको छ। सर्लाहीको हरिपुर्वा–८ वसन्तपुरमा कुटाकुटा हुँदा ३५ वर्षीया सैदुन खातुनको मृत्यु भएको हो। सोही ठाँउ बस्ने खोधदी अन्सरीसहित उनको परिवारले खातुनलाई कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
नेपाल चेम्बर अफ कमर्सले कोभिड–१९ बाट नराम्ररी असर परेको नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि वित्तीय प्याकेज ल्याउन सरकारसँग माग गरेको छ। चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठसहितको प्रतिनिधिमण्डलले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसमक्ष सुझाव पेश गर्दै सबैभन्दा बढी प्रभावित होटल तथा एयरलाइन्सलाई वित्तीय प्याकेजमार्फत उद्धार गर्न आग्रह गरेको हो। कर छुट तथा एयरपोर्ट चार्जलगायतमा सुविधासहित वित्तीय सहयोग प्रदान गर्न तथा ऋण, ऋणको ग्यारेन्टी, कर्पोरेट बन्डमा सरकार वा राष्ट्र बैंकबाट टेवा दिनुपर्ने चेम्बरले माग गरेको छ। आन्तरिक पर्यटनलाई प्राथमिकतामा राखेर योजना बनाउन आग्रह गरेको चेम्बरले कोभिड–१९को प्रभाव कम हुनेबित्तिकै आन्तरिक पर्यटन प्रवर्दधनमा ध्यान केन्द्रित गर्न आग्रह गरेको छ।