१. परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयास गरिनु दुःखद : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयासहरु गरिनु दुःखद् भएको बताएका छन्। प्रधानमन्त्री ओलीले सिर्जनशील हात र उत्पादनका साधनहरु बन्दाबन्दीमा रहेका बेला श्रमजीवी वर्ग भनेको दुःख गर्न सक्ने, सुखको सपना देख्ने र परिवर्तनको संवाहक वर्ग हो भन्दै सबै आत्तिएको बेला ढाडस दिन सक्ने, अनि आफैँ अघि सरेर समस्याको सामना गर्न सक्ने श्रमजीवी वर्ग नै भएको उल्लेख गरेका छन्।
२. नेपालमा लकडाउनः श्रम बजार र श्रमिकको अवस्था
विश्व स्वास्थ्य संगठन (WHO) ले आजसम्म सार्वजनिक गरेको तथ्यांङ्क अनुसार अहिलेसम्म २११ देशमा यो रोग महामारीको रुपमा फैलिसकेको छ। नोभल कोरोना भाइरस (कोभिड १९) का कारण अहिलेसम्म ३१ लाख भन्दा बढि संक्रमण पुष्टि भएको छ भने रोगकै कारण दुई लाख भन्दा बढिको ज्यान गईसकेको छ।
३. नेकपाका शीर्ष नेताहरूसँग चिनियाँ राजदूतको भेटघाट
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चर्किरहेको बेला नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छी ले नेकपाका शीर्ष नेताहरूसँगको भेटवार्तालाई तीव्रता दिएकी छन्। यान्छीले शुक्रबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेटवार्ता गरिन्।
४. ६० हजारको कोरोना परीक्षण,संक्रमितको संख्या ५९ पुग्यो
सरकारले काेराेनाकाे आशंकामा ६० हजार ३ सय ७४ जनाको नमूना परीक्षण गरिसकेकाे छ। जसमा १२ हजार ५ सय ७७ जनाको पिसिआर र ४७ हजार ७ सय ९७ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयले जनाएकाे छ।
५. सामाजिक सुरक्षामा पहल लिन सङ्घीय संसद् तयारः सभामुख
सभामुख अग्निप्रसाद सापकोटाले अग्रगमन तथा साामजिक न्यायका लागि श्रमिकहरुबाट भएको योगदान र बलिदानको स्मरण गर्दै सम्पूर्ण श्रमजीवी मजदुर वर्गमा शुुभकामना व्यक्त गरेका छन्। उनले हाल कोरोना भाइरसका कारण दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गरिरहेका, असङ्गठित र सङ्गठित क्षेत्रका मजदुरले रोजगारी गुमाउनपर्नेसम्मको अवस्था सिर्जना भएकाले राज्यलाई तत्कालीन र दीर्घकालीन योजनासहित राहत र सहयोगका कार्यक्रम ल्याउन सुझाव दिएका छन्।
६. मेयर सरावगीमाथी कारवाही माग, सरावगी भन्छन् – पार्टीभित्रैबाट बदनाम गराउने षड्यन्त्र भयो
जनता समाजवादी पार्टी वीरगञ्ज नगर कमिटीले वीरगञ्जका मेयर बिजय कुमार सरावगीमाथी कारवाहीको माग गरेको छ। नगर कमिटी अध्यक्ष इश्वरचन्द्र यादवले विज्ञप्ती जारी गर्दै मेयर सरावगीले कुहीएको चामल राहतस्वरुप वितरण गरेको भन्दै कारवाहीको माग गरेक हुन्।
७. अन्नपूर्णको हिमपहिरोमा हराएका थप दुईसहित सातको शव फेला
अन्नपूर्ण आधार शिविर पदयात्राको क्रममा गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाउँपालिका–११ को हिङ्कुकेभ वरिपरिको हिमपहिरोमा परी बेपत्ता थप दुई जनाको शव आज बिहान फेला परेको छ।
८. मृतक बालबालिकाका परिवारलाई राहत दिन संघीय सरकारलाई सिफारिश गरिने
प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पामा बिहीबार बम विस्फोटनमा परी चार बालबालिकाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले दिवंगतप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनप्रति समवेदना पनि व्यक्त गरेका छन्।
९. नेपाली बजारमा आइफोन इलाभेन, इलाभेन प्रो र इलाभेन प्रो म्याक्सको मूल्य कति?
पछिल्लाे केहि समय देखि नेपालमा आईफोनकाे क्रेज बढ्दै आइहेको छ। एप्पल कम्पनी लगातार आफ्ना विभिन्न सिरिज अन्तरगत नयाँ माेडलका आईफोनहरू लन्च गरिरहेकाे छ भने विश्व बजारमा यसको डिमाण्ड पनि उतिकै बढ्दै गइरहेको छ।
१०. रुसका प्रधानमन्त्री मिशुस्तिनलाई कोरोना संक्रमण भएको पुष्टि
रुसका प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना भाइरस पोजेभि देखिएको छ। कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ।अन्तराष्ट्रिय सञ्चार माध्यमहरुको अनुसार रुसमा संक्रमितको संख्या एक लाख भन्दा बढी पुगेकै दिन बिहीबार उनलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको हो।