१. आगामी आर्थिक वर्षको बजेट कोरोना महामारीका कारण परेको प्रभाव न्यूनीकरणमा आधारित
डा अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट कोरोना महामारीका कारण परेको प्रभाव न्यूनीकरणमा आधारित हुने बताएका छन्। प्रतिनिधि सभाको आज (आइतबार)को बैठकमा आगामी वर्षको बजेट तथा कार्यक्रमका सिद्धान्त तथा प्राथमिकता संसदमा प्रस्तुत गर्दै डा खतिवडाले यस्ताे बताएका हुन्।
२. ‘भारतसँगको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध’
सरकारले नेपाल–भारतबीचको सीमासम्बन्धी समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न आफू प्रतिबद्ध रहेको दोहो¥याउँदै राष्ट्रिय हित र नेपालको सार्वभौमिकतालाई अक्षुण्ण राख्न निरन्तर क्रियाशील रहने बताएको छ।
३. लिपुलेकमा सडक बनाएको विरोधमा नेपाल मजदुर किसान पार्टीद्वारा विरोध प्रदर्शन
नेपालको भूमि मिचेर भारतले लिपुलेकमा सडक निर्माण गरेको विरोधमा नेपाल मजदुर किसान पार्टीले विरोध ¥याली प्रदर्शन गरेको छ। आइतबार नेमकिपाको भ्रातृ संगठन नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघको संयुक्त आयोजनामा भक्तपुरको कमलविनायकबाट विरोध जुलुस प्रदर्शन शुरु भएको थियो।
४. नेपालमा थप १ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै नेपालमा संक्रमितको संख्या ११० पुगेको छ। कोशी अस्पताल, विराटनगरको प्रयोगशालामा गरिएको परीक्षण अनुसार उनीमा संक्रमण पुष्टि भएको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमित उदयपुर भुल्के निवासी ४३ वर्षीय महिला हुन। उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ।
५. आगामी आवको बजेट : विद्युत् व्यापारका लागि पूर्वाधार
सरकारले विद्युत् व्यापारका लागि थप पूर्वाधार तयार पार्ने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्ने भएको छ। कोरोनाका कहरका कारण चालू आर्थिक वर्षमा निर्माण सम्पन्न हुने चरणमा रहेका आयोजनासमेत पर धकेलिएको सन्दर्भमा आगामी आवमा ती परियोजनासमेत सम्पन्न हुनेछन्।
६. दश दिनपछि सञ्चालनमा आयो भरतपुर कोभिड–१९ प्रयोगशाला
कोरोना भाइरसको परीक्षण गर्ने पिसीआर किट अभावसँगै काम रोकिएको भरतपुरको कोभिड–१९ परीक्षण प्रयोगशाला पुनः सञ्चालनमा आएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार किट उपलब्ध गराएपछि पुनः नियमित परीक्षण शुरू भएको हो ।कीटको अभावमा विगत १० दिनयता प्रयोगशाला सञ्चालनमा आउन सकेको थिएन।
७. फेरि देखियो सामूहिक कोरोना सङ्क्रमण
कोरोना सङ्क्रमण नियन्त्रणमा ल्याउन सक्ने देश दक्षिण कोरिया भनेर सर्वत्र चर्चा हुनुका साथै यहाँको दैनिकी सामान्य हुँदै गरेका बेला यहाँ पुनः सामूहिक कोरोना सङ्क्रमण देखिएको छ। पछिल्लो समय राजधानी सउलको इथेवन बजारबाट सामूहिक सङ्क्रमण भएको देखिएको हो। आइतबार ३४ नयाँ सङ्क्रमित देखापरेको दक्षिण कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ। यो सङ्ख्या अप्रिल ९ पछिको सबैभन्दा धेरै हो।
८. गौतमबुद्ध विमानस्थलको निर्माण अघि बढ्दै
नदीजन्य निर्माण सामग्रीको अभावका कारण प्रभावित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको निर्माण अगाडि बढेको छ।बुटवल उपमहानगरपालिकाले नदीजन्य पदार्थ उपलब्ध गराएपछि निर्माण अघि बढेको विमानस्थल आयोजना शाखाले जनाएको छ।उपमहानगरपालिकाले आयोजनाका लागि तिनाउ नदीबाट नदीजन्य सामग्री बालुवा र गिट्टी उपलब्ध गराएपछि विमानस्थल निर्माण अगाडि बढेको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिएका छन्।
९. खुकुरी प्रहार गरी प्रधानाध्यापकको हत्या
उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–५ फुलखर्क दाङसिङमा शनिबार निजी विद्यालयका प्रधानाध्याकको हत्या भएको छ। गङ्गा–जमुना एकेडेमीका प्रख ३० वर्षीय यमबहादुर गुरुङको हत्या भएको हो।
१०. पेट्रोलियम पदार्थ खपत दोब्बर
नेपाल सरकारले आइतबारदेखि काठमाडौँ उपत्यकामा सवारी साधन सञ्चालनमा टाइम कार्ड लागू गरेसँगै पेट्रोलियम पदार्थको खपत बढेको छ। लकडाउनका कारण पेट्रोलियम पदार्थको खपत न्यून रहेकामा आज दोब्बर खपत भएको नेपाल आयल निगम थानकोट डिपोले जनाएको छ।