१. आइतबार थप १९ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या ६ सय ३ पुग्यो
नेपालमा आइतबार थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। याे सँगै संक्रमितकाे संख्या ६ सय ३ पुगेकाे छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काठमाडौँमा थप एकजनासहित १९ जनामा संक्रमण देखिएको बताए। मन्त्रालयका अनुसार, नयाँ संक्रमण देखिएका मध्ये सबैभन्दा धेरै रुपन्देहीका छन् ।
२. बाँकेकाे नरैनापुरलाई निषेधित क्षेत्र घोषणा, सेना समेत परिचालन गरिने
कोरोना भाइरस (कोभिड–१९) को बढी संक्रमण देखिएको बाँकेको नरैनापुर गाउँपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको छ। आइतबार (आज) बसेको जिल्ला सुरक्षा समितिको बैठकले राति ८ बजेदखि पुरै गाउँपालिकामा निषेधाज्ञा जारी गर्ने तथा सेना परिचालन समेत गर्ने निर्णय गरेकाे छ । बैठकले नरैनापुरमा थप स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय पनि गरेको छ।
३. ८७ जनाले पराजित गरे कोरोना, आइतबार १७ जना घर फर्किए
काेराेना भाइरसकाे संक्रमण तिब्र गतिमा फैलिरहेका बेला काेराेनालाई पराजित गर्नेकाे संख्या पनि बढ्दै गएकाे छ । नेपालमा हालसम्म संक्रमित देखिएका ६ सय ३ मध्ये ८७ जनाले काेराेनालाई पराजित गरेका छन् ।
४. संसदको ‘लोगो’ नयाँ नक्सा अनुसार परिवर्तन हुने
राष्ट्रिय सभाका सांसदको ‘लोगो’ नेपालको नयाँ नक्सा अनुसार परिवर्तन हुने भएको छ। आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समिति बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो।
५.कृषिमन्त्रीको प्रदेशस्थित कृषि शाखामा झुण्डीयो ताला, प्रमुख भन्छन्ः ''खासै ठुलो कुरा होईन''
रुपन्देही जिल्लाको शिवराज नगरपालिकाको कृषि शाखामा स्थानिय कृषकहरुले तालावन्दी गरेका छन्। बिषम् परिस्थीतीमा पनि कृषि क्षेत्रलाई उपेक्षा गरिएको भन्दै शनिबार कृषकहरुको रोहवरमा कृषि फार्म सञ्चालकहरुको एक समुहले शाखाको मुलगेटमा ताला लगाएको हो।
६.जनकपुरमा अस्पतालको झ्याल फोडेर कोरोना संक्रमित फरार
प्रादेशिक-अस्पताल जनकपुरधामको आइसोलेसनबाट एक जना कोरोना संक्रमित भागेका छन्। अस्पतालको आइसोलेसन कक्षमा रहेका ४० बर्षिय पुरुष आइतबार बिहान झ्याल फोडेर भागेका हुन्। अस्पतालका अनुसार संक्रमितको मानसिक स्थिति ठिक थिएन। यसअघि पनि उनले पटक–पटक भाग्ने प्रयास गरेका थिए। शनिबार मात्रै उनले अस्पतालको सीसीटीभी क्यामेरा पनि फुटाएका थिए।
७.आजदेखि कर्णाली प्रदेशसभाको बजेट अधिवेशन शुरु
कर्णाली प्रदेशसभाको बजेट (वर्षे) अधिवेशन आजदेखि शुरु हुँदैछ । प्रदेशसभा सचिवालयका अनुसार कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित रहन सबै विधि अवलम्बन गरेर दिउँसो ३ बजे बैठक बस्न लागेको हो । प्रदेशसभा सचिव जीवराज बुढाथोकीले सामाजिक दूरी कायम गरेर बैठक सञ्चालन गर्न लागिएको बताए।
८.लकडाउन अवज्ञा गर्ने ६७१ सवारीसाधन कारवाहीमा
जुम्लामा लकडाउन उल्लङ्घन गर्ने र सवारी पास दुरुपयोग गर्नेलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही गरेको छ।गत चैत १० देखि जेठ १० गतेसम्म ६७१ सवारीसाधनलाई प्रहरीले नियन्त्रण लिई कारवाही गरेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताएका छन्।
९.बालिकालाई करणी गरेको आरोपमा पक्राउ
बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा झापाको गौरीगञ्जबाट शनिबार एक जना पक्राउ परेका छन्।गौरीगञ्ज–१ महाभाराकी अन्दाजी १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा स्थानीयवासी अन्दाजी ४५ वर्षीय श्रीप्रसाद झालाई प्रहरीले पक्राउ गरेको प्रहरी चौकी कुन्जीबारीका इन्चार्ज दीपक कँडेलले जानकारी दिएका छन्।
१०.भारतमा अमेजनले शुरु गर्याे फूड डेलीभरी सर्भिस
अमेरिकी ई-कमर्श कम्पनी अमेजनले भारतीय मार्केटमा फूड डेलीभरी सर्भिस सञ्चालनमा ल्याएकाे छ । कम्पनीले 'अमेजन फूड' नाम दिइएकाे याे सेवा दक्षिण भारतको बेंगलुरु शहरबाट शुरू गरेको हो ।कम्पनीकाे याे सेवा हाल बेंगलुरु शहरकाे महादेवपुरा, मराथल्ली, व्हाइटफील्ड र बेल्लदुर क्षेत्रमा उपलब्ध रहेकाे छ ।