एजेन्सी- फेसबुकको स्वामित्वमा रहेको विश्व चर्चित भिडियो तथा फोटो शेयरिङ्ग प्लेटफर्म इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताका नयाँ फिचर ल्याएको छ । कम्पनीले हालै ‘पिन्ड् कमेन्ट्स’ (Pinned Comments) नामक नयाँ फिचर सार्वजनिक गरेको हो । याेसँगै अब इन्स्टाग्राममा आफूले शेयर गरेकाे पोस्टकाे फेभरेट कमेन्ट पिन गर्न सकिने छ ।
इन्स्टाग्रामले याे नयाँ फिचर पछिल्लाे केहि समय देखि परीक्षण गर्दै आइरहेकाे थियाे । शुरुवातमा लिमिटेड यूजर्स वा सीमित प्रयोगकर्ताहरुको लागि मात्र उपलब्ध गराइएकाे याे फिचर अहिले भने सम्पूर्ण प्रयोगकर्ताहरूका लागि उपलब्ध रहेकाे कम्पनीले जनाएको छ । कम्पनीकाे अनुसार पिन गरिएकाे कमेन्ट, कमेन्ट्स थ्रेडकाे सबै भन्दा माथि देखा पर्ने छ । यस्तै फिचर फेसबुक तथा ट्विटरमा भने पहिले देखि नै उपलब्ध रहेकाे छ ।
यदि तपाईं पनि इन्स्टाग्राममा आफ्नाे पाेस्टकाे कमेन्ट पिन गर्न चाहानुहुन्छ भने निम्नलिखित उपाय अपनाउनुहोस्:
१. सुरुमा आफूले शेयर गरेकाे पोस्टकाे कमेन्ट सेक्सनमा जानुहोस् ।
२. आफूलाइ पिन गर्न मन लागेकाे कमेन्टमा केहि बेर प्रेस गर्नुहाेस् । यसकाे अलवा तपाईंले लेफ्ट स्वाइप पनि गर्नसक्नुहुने छ । तर याे तपाईंले प्रयाेग गर्ने डिभाइसमा पनि भर पर्दछ ।
३. यसरी केहि बेर प्रेस वा लेफ्ट स्वाइप गरे पछि तपाईंले त्यहाँ पिन आइकन, रिपोर्ट, डिलीट तथा रिप्लाईकाे अप्सन देख्नुहुनेछ ।
४. ती अप्सनहरू मध्ये पिन आइकनमा क्लिक गरि पिन गर्नुहोस् । यसैगरी तपाईंले कुनै तीन वटा कमेन्टहरू पिन गर्न सक्नुहुने छ भने पिनलाई पनि साेहि तरिकाले हटाउन समेत सक्नुहुनेछ।
यो पनि पढ्नुहोस्