उर्जा, जलश्रोत एवम सिचाइ मन्त्री पम्भा भुषालले कमला नदिको कटानबाट प्रभावित क्षेत्रको अनुगमन गरेकी छन्।
बिहिबार बिहान धनुषा पुगेकी मन्त्री भुषालले अनुगमनको क्रममा नदी नियन्त्रण एवम त्यस क्षेत्रको व्यवस्थापनको बिषयमा छलफल समेत गरेकी हुन्।
अगुगमनमा पुर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य मात्रिका प्रसाद यादव, पुर्व मन्त्री अजय शंकर नायक, प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहलगायतको सहभागिता रहेको थियो।